close

तपाईं दैनिक कति समय मोबाइल प्रयोग गर्नुहुन्छ ? यस्तो आयो तथ्य

टेकपाना टेकपाना

चैत १, २०७६ १२:०

तपाईं दैनिक कति समय मोबाइल प्रयोग गर्नुहुन्छ ? यस्तो आयो तथ्य

काठमाडौं । अहिलेको समयमा समाचार, सूचना, सञ्चार, मनोरञ्जन, दैनिक कामकाज, सिकाई जस्ता महत्वपुर्ण काम मोबाइलबाटै हुने भइसकेको छ । त्यसैले त मोबाइलको प्रयोग विश्वव्यापी रुपमा एकदमै बढेको छ । 

मोबाइलको पहुँचसँगै यसमा व्यतित गर्ने समय पनि बढ्दो छ । एक छिन सोच्नुहोस् त तपाईंले दैनिक आफ्नो कति समय मोबाइलमा खर्च गरिरहनु भएको छ ? हो, पक्कै पनि तपाईंले आफ्नो महत्वपुर्ण समय मोबाइलमै बिताइरहनु भएको छ । तपाईं मात्रै होइन प्रायः विश्वभरका हरेक प्रयोगकर्ताले धेरै समय बिताउने गरेको तथ्य बाहिर आएको छ ।

एपहरुको तथ्याङ्क संकलन तथा विश्लेषण गर्दै आइरहेको एप एन्नीले विश्वमा एक जना व्यक्तिले हरेक दिन औषतमा ३ घण्टा ४० मिनेट मोबाइलमा बिताउने गरेको तथ्य सार्वजनिक गरेको छ । यससँगै दुई वर्ष अगाडिको तुलनामा प्रयोगकर्ताले मोबाइलमा बिताउने समय ३५ प्रतिशतले बढेको छ । 

हालको समयमा इन्डोनेसिया, ब्राजिल र भारत उदाउँदा बजारकाे रुपमा देखा परेका छन् । ती मुलुकहरुका प्रयोगकर्ताले प्रति दिन आफ्नो अधिकांश समय मोबाइलमा बिताउने गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१