close

इन्टरनेट सेवा प्रदायक अर्थलिङ्कको लाइसेन्स खारेज

टेकपाना टेकपाना

चैत ४, २०७६ १०:३६

इन्टरनेट सेवा प्रदायक अर्थलिङ्कको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी अर्थलिङ्कको अनुमतिपत्र खारेज गरेको छ । जनकपुरबाट सेवा उपलब्ध गराइरहेको उक्त कम्पनीले आर्थिक कारणले सेवा सञ्चालन गर्न नसकेको भन्दै प्राधिकरणमा निवेदन पेश गरेको थियो ।

निवेदनमार्फत अनुमतिपत्र खारेज गरिदिन अनुरोध गरेकाले सोही अनुसार निर्णय गरिएको नियामकले जनाएको छ ।

कम्पनीले २०७३ साउन २ गते प्राधिकरणबाट लाइसेन्स प्राप्त गरेको थियो । गत माघ १९ गतेदेखी लागु हुने गरि लाइसेन्स खारेज गरिएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१