close

कोरोनाभाइरस जाँच्न सघाउने माइक्रोसफ्टको बूट

टेकपाना टेकपाना

चैत १३, २०७६ ११:३०

कोरोनाभाइरस जाँच्न सघाउने  माइक्रोसफ्टको बूट

एजेन्सी । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले माइक्रोसफ्टको सहयोगमा एउटा बूट सार्वजनिक गरेको छ । कोरोना भाइरस  अर्थात कोभिड-१९ को सम्भावित लक्षण देखिएको अवस्थामा मानिसहरुलाई निर्णय लिन सघाउ पुर्‍याउने उद्देश्यले उक्त बूट सार्वजनिक गरिएको हो । 

बूटलाई क्लारा नाम दिइएको छ । सीडीसी फाउण्डेसन र माइक्रोसफ्ट अज्यूरे हेल्थकेयर बूट सर्भिसको साझेदारीमा उक्त कोरोना भाइरस सेल्फ चेकर बूट तयार गरिएको हो । 

बूट कम्प्युटर नेटवर्कको एउटा स्वतन्त्र प्रोग्राम हो । जसले प्रयोगकर्ताहरुसँग स्वचालित रुपमा अन्तरक्रिया गर्छ ।

यो बूट कोरोनाबाट संक्रमित भएको आशंका भएका व्यक्ति स्वयम्‌ले परीक्षण गराउनका लागि तयार पारिएको हो । उक्त क्लेर बूट अमेरिकी नागरिकहरुको प्रयोगका लागि तयार गरिएको बताइएको छ ।

माइक्रोसफ्टले एउटा विज्ञप्तिमा भनेको छ,‘क्लारा बूटले आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट सीडीसीलाई मानिसहरुले सोध्ने प्रश्नहरुको जवाफ दिन सहयोग पुर्‍याउने छ । साथै स्याहारको खाँचो भएका विमारीहरुका लागि स्वास्थकर्मीहरुको परिचालनमा समेत यसले सहायता पुर्‍याउनेछ ।’

तर क्लाराले कुनै व्यक्तिको शरीरमा कोरोना भाइरस भएको वा नभएको कुरा पत्ता लगाउने वा उपचार गर्ने काम भने गर्दैन ।

यसले लक्षण देखा परेका प्रयोगकर्तालाई सोधेको प्रश्नको उत्तर दिने छ । साथै उनीहरुलाई स्वास्थ्य उपचार आवश्यक परेको खण्डमा सल्लाह समेत दिने बताइएको छ ।

माइक्रोसफ्टले विज्ञप्तिमा आफ्ना प्रयोगमा रहेका बूटहरुले प्रतिदिन १० लाख म्यासेजहरु प्राप्त गर्ने गरेको उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६