close

कोरोनाभाइरस रोकथामका लागि सरकारलाई प्राधिकरणको १५ करोड सहयोग

टेकपाना टेकपाना

चैत २०, २०७६ १२:५६

कोरोनाभाइरस रोकथामका लागि सरकारलाई प्राधिकरणको १५ करोड सहयोग

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । बुधबार बसेको प्राधिकरण बोर्ड बैठकले ले उक्त निर्णय गरेको हो ।

सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट खरीद तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग गर्न उक्त कोष खडा गरेको हो ।

कोषमा १५ करोड सहयोग गर्ने निर्णय भएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेकपानालाई जानकारी दिए ।

उनले भने, ‘अहिलेको समयमा सबै क्षेत्रबाट सहयोगको आवश्यकता छ । त्यसैअनुरुप प्राधिकरणले पनि त्यसमा हातोमालो गर्न खोजको हो ।’ उक्त रकम चाँडै कोषमा दाखिला गरिने अध्यक्ष खनालले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१