close

एन्ड्रोइड किटक्याट र ललिपपमा इन्स्टाग्राम सपोर्ट नगर्ने

टेकपाना टेकपाना

चैत २३, २०७६ ९:१९

एन्ड्रोइड किटक्याट र ललिपपमा इन्स्टाग्राम सपोर्ट नगर्ने

काठमाडौं । इन्स्टाग्रामले एन्ड्रोइडको किटक्याट र ललिपप भर्सनको सपोर्ट बन्द गर्ने तयारी गरेको छ । चिनियाँ डेभलपर जेन म्यानचुन वाङले यसको विषयमा जानकारी सार्वजनिक गरेकी हुन् ।

उनले आफ्नो ट्वीटरमार्फत इन्स्टाग्रामको पछिल्लो अपडेटबारे जानकारी गराएकी छिन् ।

उनका अनुसार इन्स्टाग्रामले चाँडै एन्ड्रोइडको किटक्याट र ललिपप भर्सनमा सर्पोट बन्द गर्नेछ । यस्तो अवस्थामा सामसङ, ह्वावे, जियोनी लगायतका कतिपय स्मार्टफोनमा इन्स्टाग्राम सर्पोट गर्ने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१