close

लकडाउनमा बालबालिकालाई मोबाइल एपमै निःशूल्क वर्णमाला

टेकपाना टेकपाना

चैत २७, २०७६ १७:४२

लकडाउनमा बालबालिकालाई मोबाइल एपमै निःशूल्क वर्णमाला

काठमाडौं । कोरोनाभाइरसका कारण देश पूर्ण रुपमा लकडाउनमा छ । सबै विद्यालय बन्द छन् । यस्तोमा साना बालबालीकाको दैनिक पठन पाठन समेत प्रभावित भएको छ ।

यसैलाई मध्यनजर गर्दै फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनीले निःशूल्क नेपाली वर्णमाला डिजिटल एप सार्वजनकि गरेको छ ।

‘नेपाली वर्णमाला नेपाली बालबालबालिका लागि तयार पारिएको नेपाली डिजिटल एप हो’, फेस्ट कम्पनीका अध्यक्ष धिरेन्द्र चन्द सोडारी भन्छन्, ‘एपमा बालबालिकाको बौद्धिक तथा मानसिक विकासका लागि तयार पारिएका पाठ्यक्रम राखिएका छन् । खेल र मनोरञ्जनमा पनि यो एपले मद्दत पुर्‍याउने छ ।’

भिडियो तथा विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिद्धारा बालबालिकाको ध्यान केन्द्रीत गराउन यो एपले मद्दत पुर्‍याउने फेस्ट कम्पनिका संस्थापक विक्कि महतको विश्वास छ । उनका अनुसार हाल यो नेपाली भाषामा मात्रै भएतापनि आगामी दिनमा यसलाई थप अन्य भाषामा समेत उपलब्ध गराइने छ ।

एपमा रहेको नेपाली वर्णमालामा सात सूची समावेश गरिएको छ । त्यसमा नेपाली व्यन्जनवर्ण, नेपाली स्वर वर्ण, चित्र बनाऊ, नेपाली संख्या, दिमागी खेल, नेपाली दूरदर्शन र ध्वनी दर्शन रहेका छन् ।

साथै हाल उक्त एपमा बालबालिका लागि कोरोनाभाइरस सङ्क्रमण हुनबाट कसरी जोगिने भन्ने जनचेतनामूलक सन्देश पनि राखिएको छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४