close

लकडाउनमा आफ्नै ईकमर्स वा अनलाइन पसल सुरु गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत २८, २०७६ १६:३८

लकडाउनमा आफ्नै ईकमर्स वा अनलाइन पसल सुरु गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । के तपाईं आफ्नै ईकमर्स व्यवसाय सुरु गर्न चाहनुहुन्छ ? वा अनलाइन पसल खोल्न चाहनुहुन्छ ? यदि त्यसो हो भने अब ठूलो लगानी नगरेरै आफ्नो व्यवसाय सुरु गर्न सक्नुहुनेछ ।

अझ कोरोनाभाइरसको महामारी चलिरहेको वर्तमान समयमा मुलुक दुई सातादेखि लकडाउनमा छ । वैशाख ३ गतेसम्मका लागि थपिएको लकडाउनको अवधि अझै लम्बिने संभावना प्रबल छ । लकडाउनले गर्दा बजार/पसल बन्द छन् ।

दैनिक रुपमा अत्यावश्यक सामग्रीका लागि ईकमर्स अहिले गतिलो विकल्प बनेको छ । तर भएका ईकमर्स प्लेटफर्महरु प्रायःजसो राजधानी तथा चक्रपथ क्षेत्रभीत्र केन्द्रीत छन् ।

अन्यत्र पहुँच विस्तार गर्न सकिरहेका छैनन् । सरकारले ईकमर्सबाट दैनिक अत्यावश्यक सेवा बिक्री गर्न सहजीकरण गर्दै आइरहेको छ । 

यस्तो अवस्थामा तपाईं पनि आफ्नो सीमित क्षेत्रमा सामान्य लगानीबाटै ईकमर्स व्यावसाय वा अनलाइन पसल खोल्न सक्नुहुन्छ । त्यसका लागि तपाईंलाई सेवाको रुपमा पसल्सले सफ्टवेयर (सफ्टवेयर एज अ सर्भिस-सास) उपलब्ध गराउनेछ ।

यसबाट तपाईं सहजै कुनै निश्चित क्षेत्रमा केन्द्रीत रहेर ईमर्स व्यवसाय सुरु गर्न सक्नुहुन्छ । जसमार्फत अनलाइनमा पसल खोल्न चाहने तथा ईकमर्स सुरु गर्न चाहने जोसुकैले मासिक तथा वार्षिक शूल्क तिरेर सजिलै व्यवसाय सुरु गर्न सक्छन् ।

सामान्यतया अहिले अनलाइन पसल खोल्न कुनै आईटी कम्पनीलाई सफ्टवेयर बनाउन दिने र सर्भरमा होस्ट गराउनुपर्ने हुन्छ । तर यो तरिका अपनाउँदा आईटी कम्पनीलाई सफ्टवेयर डेभलपमेन्टकै कम्तीमा पनि दुईदेखि तीन लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

पसल्समा भने यस्तो खर्च लाग्दैन । यसमा साइन अप गरेको क्षण भरमै तपाईंको अनलाइन पसल वा ईकमर्स व्यवसायको प्लेटफर्म तयार हुन्छ । अर्थात पाँच मिनेटमै तपाईंको अनलाइन पसल लाइभ हुन्छ ।

सामान्य हिसावले बुझ्दा तयार अवस्थामा रहेको शटर भाडामा लिएर पसल सुरु गरे जस्तै । यस्तोमा पसलका लागि भवन निर्माण गर्नु पनि परेन । केवल आफ्नो डेलिभरी च्यानल तयार पारे पुग्छ ।

यसको अर्को फाइदा भनेको तपाईंले जुनसुकै बेला पनि अनलाइन पसल वा ईकमर्स बन्द गर्न सक्नु हुन्छ । तपाईं जति समयका लागि पसल चलाउनु हुन्छ, त्यति समयको लागि मात्र पैसा तिरे पुग्छ । 

सरकारले भर्खरै उद्योग, वाणीज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत ईकमर्स व्यवसाय सुरु गरेको छ । कम्पनीलाई तत्काल ईकमर्स व्यवसाय सुरु गर्न पसल्स नै सहयोगी बनेको छ ।

के हो सास ?

software as a service

बनिसकेको सफ्टवेयर ग्राहकलाई पायक पर्ने गरी प्रयोग गर्न दिने सेवा नै सास अथवा ‘सफ्टवेयर एज अ सर्भिस’ हो । यसमा ग्राहकले सफ्टवेयर बनाउन लाग्ने खर्च बेहोर्नु पर्दैन ।

ग्राहकले जहिले र जति समयका लागि सफ्टवेयर चाहिने हो, त्यति नै समयका लागि पैसा तिरेर चलाउन सक्छन् । यसमा सफ्टवेयरको स्वामित्व भने सास सेवा प्रदायककै हुन्छ ।

जसका कारण ग्राहकको लागत पनि बचत हुन्छ । जीमेल, जेन्डेस्क, स्ल्याक, शोपिफाई, जूम, ड्रपबक्स, मेलचिम्प सेवाहरु यसैका उदाहरण हुन् । यस्तो सेवामा ग्राहकले डाटा स्टोरेज अर्थात स्पेस, ब्याण्डविथ तथा सर्भर आदिको विषयमा कुनै चिन्ता लिनु पनि पर्दैन । 

जुनसुकै बेला जतिसुकै धेरै ग्राहकले साइन-अप गर्न सक्ने भएकोले यसमा सर्भरको क्षमता आवश्यकताअनुसार घट/बढ गराउन मिल्ने हुनु पर्छ । नेपालमा त्यसरी चाहिएको बेलामा त्यस किसिमको सेवा उपलब्ध नभएका कारण कम्पनीले आफ्नो सर्भर भारतको बैङ्गलोरमा राखेको छ ।

स्टार्टअप भर्खरै सुरु भएको र नेपालमा आफ्नै सर्भर राखेर मेन्टेन गर्ने आर्थिक क्षमता नभएका कारण हाललाई सर्भर भारतमा राख्नुपरेको पसल्सका संस्थापक राजेश शर्माले बताए । ‘हाम्रो सर्भर डिजिटल ओसियनमा छ ।

जसको डाटा सेन्टर भारत सहित अमेरिकाको न्यूयोर्क, सान फ्रान्सिस्को, सिंगापुर, लन्डन, जर्मनी र क्यानडामा पनि छ । नेपालबाट सबैभन्दा नजिक हुने भएकाले नै हामीले बैङ्गलोरको डाटा सेन्टर प्रयोग गरेका हौँ । भोलि आवश्यकता अनुसार सर्भर अन्यत्र अथवा नेपालमै पनि सार्न सकिन्छ ।’’

अहिले कम्पनीले ३ प्याकेजमा आफ्नो सेवा उपलब्ध गराइरहेको छ । जसमा मासिक १५०० रुपैयाँ तथा २५०० सय रुपैयाँका साथै आवश्यकताअनुसारको थप सुविधा भएको छ्ट्टै अर्को प्याकेज पनि छ । कम्पनीलाई ईसेवाबाटै पैसा भुक्तानी गर्न सकिन्छ । 

आवश्यक प्राविधिक सम्पुर्ण सहयोग कम्पनीले नै उपलब्ध गराउने शर्माको भनाई छ । उनले भने, ‘व्यवसायिहरुलाई आफ्नो अनलाइन पसल तथा ईकमर्समा अनलाइन भुक्तानी लिने सुविधा राख्नुपरेमा पनि हामीले नै सघाउँछौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४