close

आजदेखि अत्यावश्यक सवारीलाई अनलाइन पास

टेकपाना टेकपाना

बैशाख २, २०७७ १०:४९

आजदेखि अत्यावश्यक सवारीलाई अनलाइन पास

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को महामारीको संक्रमण रोक्न लागु गरिएको लकडाउनको समयमा अत्यावश्यक सवारीसाधनका लागि सरकारले अनलाइनबाटै पास उपलब्ध गराउने भएको छ ।

अत्यावश्यक सवारी सञ्चालनमा कुनै अवरोध नहोस भन्ने मनसायका साथ गृह मन्त्रालयले मंगलबार देखि ई–पासको व्यवस्था गर्ने भएको हो ।

गृह मन्त्रालयले सोमबार पत्रकार सम्मेलनमार्फत खाद्यान्न, बिरामी ओसार पसार लगायतका अति आवश्यक सवारी साधनलाई अनलाइनबाटै पास उपलब्ध गराउने जनाएको छ । साथै उक्त अनलाइनबाट व्यक्तिगत पास पनि उपलब्ध हुनेछ ।

त्यसका लागि गृहमन्त्रालयले तयार पारेको ई–पासको वेबसाइटमा गएर आवश्यक जनाकारी भर्नुपर्नेछ । त्यहाँ तपाईंले व्यक्तिगत वा गाडी के का लागि पास खोज्नु भएको हो सुरुमा त्यसमध्ये एउटा छनौट गुर्नुपर्ने हुन्छ ।

उक्त दुवैको लागि तपाईंले अफ्नो विवरण भर्नुपर्ने हुन्छ । जसमा तपाईंको नागरिकताको विवरण, तपाईंको सवारी साधनको विवरण, कति समयको लागि पास चाहिएको हो र किन चाहिएको हो भन्ने विषय समेत खुलाउनु पर्नेछ ।

तपाईंले यदि अस्पातल जाने प्रयोजनका लागि पास खोज्नु भएको हो भने अस्पतालको कागज, यदि कसैको मृत्यु भएको खण्डमा मृत्यु भएको प्रमाण अथवा फोटो, अथवा कार्यालयकाे कामका लागि हाे भने कार्यालयको सिफारिस आवश्यक पर्ने उल्लेख गरिएको छ ।

तपाईंले भरेको विवरणका आधारमा जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार ई–पास वितरण गर्ने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४