close

कोरोना संक्रमणमा सहायता दर्शाउने फेसबुकको नयाँ रिएक्सन

टेकपाना टेकपाना

बैशाख ८, २०७७ ११:५८

कोरोना संक्रमणमा सहायता दर्शाउने फेसबुकको नयाँ रिएक्सन

काठमाडौं । फेसबुकले आफ्नो रिएक्सनमा नयाँ ‘हग’ रिएक्सन थप गरेको छ । विश्वभर फैलिएको कोभिड-१९ अर्थात कोरोनाभाइरसको महामारीमा परिवार तथा प्रियजनहरुबीच सहायता दर्शाउन सहजता दिलाउने उद्देश्यले त्यस किसिमको नयाँ रिएक्सन ल्याइएको हो ।  

यसअघि मानिसहरुले लभ रिएक्सनलाई सोही किसिमको भावना प्रदर्शन गर्न प्रयोग गर्दै आइरहेका थिए । तर हग रिएक्सनले यस्तो किसिमको भावनालाई सिधा रुपमा प्रकट गर्ने फेसबुकको विश्वास छ ।

तर फेसबुकले यो रिएक्सनलाई म्यासेञ्जरमा भने प्रयोग गर्ने छैन । बरु त्यसको साटो म्यासेञ्जरमा पर्पल अर्थात वैजनी रंगको मुटुको ईमोजी प्रयोग हुनेछ ।

यो रिएक्सन म्यासेञ्जरमा लुकेर बसेको हुनेछ । यसलाई ईनेबल गर्न प्रयोगकर्ताले धेरै बेरसम्म म्यासेजमा प्रेस गर्नुपर्ने हुन्छ । त्यसपश्चात हर्ट रिएक्सन पपअप हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४