close

कोरोनाभाइरस डिटेक्ट गर्न थर्मल क्यामेरा प्रयोग गर्दै अमेजन

टेकपाना टेकपाना

बैशाख ११, २०७७ १३:२३

कोरोनाभाइरस डिटेक्ट गर्न थर्मल क्यामेरा प्रयोग गर्दै अमेजन

एजेन्सी । अमेजनले विश्वभरी रहेका आफ्नो वेयरहाउसमा थर्मल क्यामेरा जडान गरेको छ । कम्पनीले कोरोना भाइरसको लक्षण देखिएका आफ्ना कर्मचारीलाई स्क्रिनिङ गर्न उक्त क्यामेरा जडान गरेको हो ।

यो क्यामेराले व्याक्तिको शरीरको तापमानसँग बाहिरी वातावरणको तापमानलाई तुलना गरेर कोरोना पत्ता लगाउने काम गर्छ । कम्पनी यसअघि क्लोज रेन्जका थर्ममिटरमा निर्भर थियो । तर कम्पनीले प्रयोगमा ल्याएको यो प्रविधि पहिलेको भन्दा तिब्र गतिमा काम गर्ने उल्लेख गरिएकाे छ ।

अमेरिकास्थित अमेनजनका ५० भन्दा बढि वेयरहाउसमा काम गर्ने कर्मचारीमा कोभिड १९ को संक्रमण देखिसकेको छ । ती वेयरहाउसभित्र सामाजिक दूरी कायम गर्न असम्भव हुने कर्मचारीहरु बताउँछन् ।

अमेजनका प्रवक्ताले बीबीसीसँग भनेका छन्, ‘हाम्रा कर्मचारीको सुरक्षा र स्वास्थको प्रत्याभूति गर्न हामीले दैनिक तापमान चेक गर्न थालेका छाैं साथै हाम्रो कार्यस्थलमा पनि थप रोकथामका उपायहरु लागू गरेका छाैं । हामीले हाम्रो समुदायमा संवेदनशिल सेवा प्रदान गरिरहेका छाैं ।’

आफ्नो कार्यस्थलको तापमान स्क्रिनिङ गरेर स्ट्रिमलाइन अनुभव सृजना गर्न ती थर्मल क्यामेरा प्रयोग गरिएको उनले बताएका छन् । यी थर्मल क्यामेराको प्रयोगले थर्मोमिटरलाई पनि विस्थापन गरेको छ ।

२००३ मा एक्यूट रेस्पिरेटरी सिन्ड्रोम एसएआरएस प्रकोप फैलिदाँ पनि विश्वभरीका एयरपोर्टहरुमा उक्त थर्मस्क्यान प्रविधि प्रयोग गरिएको थियो । थर्मोस्यानका व्यवस्थापक निर्देशक डेभ ब्लानका अनुसार अहिले यो प्रविधिको माग धेरै बढेको कारण कम्पनीले पर्याप्त आपूर्ति गर्नसकेको छैन् ।

तर विश्व स्वास्थ संगठनले यो प्रविधिले कोभिड १९ को गलत परिणाम निकाल्नसक्ने र लक्षण नदेखिने बिमारीहरुको हकमा यसले प्रभावकारी काम नगर्ने बताएको छ । –एजेन्सीको सहयोगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३