close

औपचारिक रुपमै अनलाइन कक्षा सञ्चालन गर्ने त्रिविको निर्णय

टेकपाना टेकपाना

बैशाख १२, २०७७ १८:१८

औपचारिक रुपमै अनलाइन कक्षा सञ्चालन गर्ने त्रिविको निर्णय

काठमाडौं । कोरोनाभाइरसको महामारीका कारण लकडाउन सुरु भएपछि बन्द भएको त्रिभुवन विश्वविद्यालयले औपचारिक रुपमै अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको त्रिभुवन विश्व विद्यालयको प्राज्ञिक परीषद तथा कार्यकारी परीषदले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्रिवि कार्यकारी परीषदले तत्कालको अवस्थामा विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्चालन सम्बन्धि निर्देशिका २०७७ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । जसअनुसार अनलाइन कक्षा सञ्चालनको व्यवस्थाग गर्न सबै डिन कार्यालयहरुमा पत्र पठाइसकेको जानकारी त्रिवि रजिष्ट्रारको कार्यालयले दिएको छ ।

Premium mobile phone screen mockup template

डिन कार्यालयसँग समन्वय गरी विद्युतीय माध्यमबाट अनलाइन कक्षा सञ्चालन गर्न भनिएको छ । केन्द्रीय विभाग, आंगिक क्यापसहरु तथा सम्बन्धन प्राप्त क्याम्सहरुमा अनलाइनबाट कक्षा सुरु गरिने छ । यसका लागि विभाग, आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसले जूम आईडी  तयार गरिसकेका छन् ।

बाँकीको पनि काम भइरहेकाे र विस्तारै वितरण गरिने जानकारी त्रिभुवन विश्वविद्यालयले दिएको छ । विश्वविद्यालयको रजिस्टार कार्यालयले शुक्रबार जारी गरेको सूचनामा त्रिविका सबै स्वीकृत कार्यक्रम र विषयहरु (प्रयोगात्मक बाहेक) को अध्ययन अध्यापन अनलाइनमार्फत गराउन सकिने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३