close

अनलाइनबाटै आईटी कोर्ष पढाउँदै ब्रोड वे इन्फोसिस

टेकपाना टेकपाना

बैशाख २४, २०७७ १९:१३

अनलाइनबाटै आईटी कोर्ष पढाउँदै ब्रोड वे इन्फोसिस

काठमाडाैं । कोभिड-१९ अर्थात कोरोनाभाइरसको महामारी सुरु भएपछि अनलाइन अध्ययन अध्यापन एउटा नयाँ ट्रेन्डको रुपमा देखा परेको छ । यस्तैमा ब्रोड वे इन्फोसिसले पनि आईटीका विद्यार्थीलाई लक्षित गर्दै अनलाइन कोर्ष सुरु गरेको छ । 

लकडाउन सुरु हुनु अघि देखि नै अनलाइन कक्षाहरु सञ्चालन गर्न थालेको इन्स्टिच्युटले पछिल्लो समय सबै विषयहरु अनलाइनबाटै पढ्न सकिने व्यवस्था मिलाएको छ । 

इच्छुक विद्यार्थीहरुले ब्रोड वे इन्फोसिसको प्लेटफर्मबाट आईटी कोर्षहरु छनौट गरी अनलाइन पढ्न सक्छन् । ब्रोड वे इन्फोसिस देशकै विशेष आईटी तालिम सम्बन्धी इन्स्टिच्युट हो । 

सन् २००८ मा स्थापना भएको ब्रोड वे इन्फोसिसले जाभा, सी, सी प्लस प्लस, सी-शार्प, पाइथन लगायत अन्य थुप्रै विषयका प्रोग्रामिङ ल्याङ्ग्वेजको ट्रेनिङ तथा अन्य पूर्ण व्यवसायीक आईटी कोर्षहरुको अध्यापन गराउँदै आएको छ ।

प्रोग्रामिङ ल्याङ्ग्वेजसँगै यो इन्स्टिच्युटले  ग्राफिक, मल्टिमिडिया, वेब डिजाइनिङ र वेब डेभलपमेन्ट जस्ता बजारमा अहिले अत्यधिक माग रहेका आईटी कोर्षहरुको समेत अनलाइनमा उपलब्ध रहेको इन्स्टिच्युटका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले बताए ।

उनले भने, ‘अहिले हामीले सर्वाधिक खोजिने २० वटा कोर्षहरुको अध्यापन गराउँदै आएका छौँ ।’ दैनिक कक्षाहरु सबै समयमा उपलब्ध छन् । फास्ट ट्र्याक कोर्षहरु समेत दिँदै आएको इन्स्टिच्युटमा विद्यार्थीहरुले आफ्नो उपयुक्त समय अनुसार कोर्षको डिमाण्ड गर्नसक्छन् । 

ब्रोडवे इन्फोसिसको अनलाइन कक्षा पनि विद्यार्थीको माग अनुसार सञ्चालन हुने इन्स्टिच्युटले जनाएको छ । हाल इन्स्टिच्युटले डेढ महिनादेखि ६ महिनासम्मका कोर्षहरु उपलब्ध गराउँदै आएको छ ।

यदि कुनै विद्यार्थी महिनाभरमा कोर्ष पुरा गर्न चाहन्छ भने पनि यो सुविधा विद्यार्थीका लागि उपलब्ध हुने बताइएको छ । अनलाइन कक्षाहरु रेकर्डेड भिडियोमा नभई लाइभ सञ्चालन हुने गरेका छन् ।

कोर्षअनुसार अनलाइन कक्षाका लागि सात हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म शूल्क निर्धारण गरिएको छ । कोर्षसँगै अनलाइन भर्नाको सुविधा पनि ब्रोड वे इन्फोसिसले उपलब्ध गराउँदै आएको छ ।

विद्यार्थीहरुले ईसेवा, खल्ती, कनेक्ट आईपीएस, फोन पे तथा बैंक ट्रान्सफरबाट कोर्षको भुक्तानी गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१