close

पुरानो फोन छ ? यसरी प्रयोग गर्नुहोस् घरको सुरक्षामा

टेकपाना टेकपाना

जेठ ११, २०७७ १७:२३

पुरानो फोन छ ?  यसरी प्रयोग गर्नुहोस् घरको सुरक्षामा

काठमाडौं । तपाईंको ड्रवेरमा पुरानो फोन छ भने त्यसलाई कौडीको भाउमा बिक्री नगर्नुहोला । यदि पुरानो फोन स्वीच अन हुन्छ भने त्यो अझै राम्ररी प्रयोग गर्न सकिन्छ । 

यस्ता फोनहरुलाई तपाईले बेबी मनिटर वा मेकसिफ्ट गूगल होम स्पिकरको रुपमा परिणत गर्न सक्नुहुन्छ । पुरानो फोनलाई पुनःप्रयोग वा रिसाइकल गर्ने सबैभन्दा उत्कृष्ट उपाय भनेको यसलाई होम सेक्युरिटी क्यामेरा बनाउनु हो । सेक्युरिटी क्यामेरा बनाउनका लागि निम्न प्रक्रियाहरु छन् । 

१. पुरानो फोनमा सेक्युरिटी क्यामेरा एप डाउनलोड गर्नुहोस्

त्यस्ता एपमा लोकल स्ट्रिमिङ, क्लाउड स्ट्रिमिङ, रेकर्डिङ र फुटेज स्टोरिङ, रिमोट डिटेक्सन वा अलर्ट जस्ता फिचरहरु हुनुपर्छ ।

यो एप फोनमा राखिसकेपछि तपाईंले आफू बस्ने ठाउँको निगरानी गर्नसक्नुहुन्छ । जहाँसुकैबाट पनि त्यसको सेक्युरिटी क्यामेरालाई नियन्त्रण गर्नसकिन्छ । नयाँ फोन तपाईंको रिमोट कन्ट्रोल बन्नसक्छ ।

आफ्नो फोनलाई सेक्युरिटी क्यामेराको रुपमा सेटअप गर्ने सबैभन्दा राम्रो विकल्प भनेको एल्फर्ड पनि हो । यो एउटा क्रस प्लेटफर्म हो । तपाईको एन्ड्रोइड र आइफोन दुवैमा यो चल्न सक्छ ।

एल्फर्ड एप निःशूल्क डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

एल्फर्ड एप निःशूल्क प्रयोग गर्न सकिन्छ । यो इन्स्टल गरिसकेपछि तपाईंले टाढै बसेर दुवै फ्रन्ट र रियर क्यामेरामार्फत लाइभ फीड, अलर्टसँगै मोसन डिटेक्सन, फ्री क्लाउड स्टोरेज, टु वे अडियो फीड प्राप्त गर्न सक्नु हुन्छ । 

यसमा उच्च रेजोलुसन भिविङ तथा रेकर्डिङ, जूम क्षमता र विज्ञापन हटाउनुका साथै ३० दिनको  क्लाउड स्टोरेज पनि पाउन सकिन्छ । यसलाई एल्फर्ड प्रिमियममा अपग्रेड गर्न समेत सकिन्छ ।

सबैभन्दा पहिले नयाँ फोनमा एल्फर्ड एप डाउनलोड गर्नुहोस् । इन्ट्रोडक्सन हुँदै स्टार्टमा ट्याप गर्नुहोस् र भिअरमा सेलेक्ट गरेर नेक्स्टमा ट्याप गर्नुहोस् ।

साइन ईन पेजमा पुगिसकेपछि साइन ईन विथ गूगलमा क्लिक गर्नुहोस् । त्यहाँ गएर गूगल अकाउन्टबाट साइन ईन गर्नुहोस् । 

पुरानो फोनमा पनि यो एप इन्स्टल गर्नुहोस् । तर पुरानो फोन हो भने सबै प्रक्रिया उहीँ भए पनि भिअरको ठाउँमा चाहिँ क्यामेरा छनौट गर्नुहोस् र सोही गूगल अकाउन्टमा साइन ईन गर्नुहोस् ।

दुवै फोनमा एल्फर्ड साइन ईन भइसकेपछि तपाई अब सेटअपमा जानुहोस् । एल्फर्डको क्यामेरा अप्सन सजिलो छ । आईओएसमा तपाईले मोसन डिटेक्सनलाई मात्र इनेबल गर्न सक्नुहुन्छ ।

फ्रन्ट र रियर क्यामेरा चयन गर्नुहोस् र अडियो इनेबल वा डिसेबल गर्नुहोस् । तर तपाईं एन्ड्रोइड डिभाइस प्रयोग गर्दै हुनुहुन्छ भने तपाईसँग यी अप्सनहरु पनि हुनेछ ।

यसमा कन्टिनियस फोकस इनेबल गर्न पनि सकिन्छ । यसमा रेज‍ोलुसन सेट गर्नुहोस् र पासकोड लक पनि इनेबल गर्नुहोस् । नयाँ फोनबाट अरु सेटिङ पनि परिवर्तन गर्न सकिन्छ ।

नोटिफिकेसन अन तथा अफ गर्ने, क्यामेरा वा भिअर नेम सेट गर्ने, अन्य मानिसहरुलाई ट्रस्ट सकर्लमा समावेश गर्ने लगायतका काम गर्न सकिन्छ । यसबाट ती समावेश भएकाहरुले तपाईंको भिडियो फीडमा पहुँच पाउने छन् ।

क्यामेरा रिमुभ गर्न पनि सक्नुहुन्छ । क्यामेरा कति पटक डिसकनेक्ट भयो, त्यो थाहा पाउन सक्नुहुन्छ । मोसन डिटेक्सन सेन्सिटिभिटीलाई सेट गर्नुका साथै लो लाइट फिल्टर क्यामेरामा इनेबल गर्नसक्नुहुन्छ ।

तर यसका लागि एल्फर्ड एउटा मात्र विकल्प होइन । यसअलावा मेनी थिङ (आईओएसमा मात्र उपलब्ध यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्), सालेन्ट आई र प्रेजेन्स (आईओएसका लागि यहाँ र एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस्) पनि निःशूल्क रोजाई हुनसक्छन ।

सब्सक्रिप्सन मोडलमा जानु भयो भने तपाईंले थप फिचर पाउन सक्नुहुन्छ । एन्ड्रोइडमा आईपी वेबक्याम एकदमै राम्रो अप्सन रहेको छ । (आईपी वेबक्याम एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्)

२. क्यामेरा राख्ने ठाउँ चयन गर्नुहोस्

तपाईंले एप स्ट्रिम अप गरिसकेपछि क्यामेराको पोजिसन सेटअप गर्नुपर्छ । यसलाई घरको मूख्य प्रवेश द्वारमा  राख्न सक्नुहुन्छ । साथै बहूमूल्य सामग्री भएका ठाउँहरुमा पनि यसको प्रयोग गर्न सक्नुहुन्छ ।

आईपी क्यामेरालाई पनि तपाई बेबी मनिटरको रुपमा सेटअप गर्न सक्नुहुन्छ । तपाईंसँग जति धेरै पुराना फोनहरु छन्, त्यति नै धेरै क्यामेरा बनाउन सक्नहुन्छ ।

३. पावर दिनुहोस् र सही एंगलमा राख्नुहोस्

तपाईंले उक्त फोन क्यामेराबाट भिडियो स्ट्रिमिङ गर्ने हुँदा त्यसमा चौबिसै घण्टा ब्याट्री पर्याप्त हुनुपर्छ । यसकारण यसलाई पावर सकेटको नजिक इन्स्टल गर्नुहोस् ।

फोनको क्यामेराको पोजिसन पनि मिलाएर राख्नुहोस् । यसलाई स्मार्टफोन ट्राइपोडमा पनि राख्न मिल्छ । यसलाई सामान्यतया ध्यान नजाने ठाउँमा लुकाएर राख्नुहोस् । क्यामेराको भ्यु फिल्डलाई बढाउन चाहनुहुन्छ भने फोनमा वाइड एगल लेन्स सेट गर्नसक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३