close

सामाजिक सञ्जालमा भ्रामक जानकारी शेयर गर्नेमा पाका प्रयोगकर्ता अगाडि !

टेकपाना टेकपाना

जेठ २७, २०७७ १५:४०

सामाजिक सञ्जालमा भ्रामक जानकारी शेयर गर्नेमा पाका प्रयोगकर्ता अगाडि !

काठमाडौं । सामाजिक सञ्जालमा युवाहरुको तुलनामा पाका तथा जेष्ठ नागरिकहरुले सात गुणा बढी फेक न्युज तथा फर्जी लिंकहरु शेयर गर्ने गरेको पाइएको छ । तर नयाँ अध्ययनले यस्तो हुनुको पछाडि  मानिसहरुले राख्दै आएको धारणालाई भने गलत सावित गरेको पाएको छ ।

यही गलत बुझाईका कारण यो समस्यालाई रोक्न आजसम्म चालिएका प्रयासहरु पनि असफल भएका छन् । हावर्ड विश्वविद्यालयको मनोविज्ञान विभागमा विद्यावारिधी गरेकी नाडिया ब्रासियरका अनुसार पाका मानिसहरुले गलत सूचना शेयर गर्नुको पछाडि दुई कारण छन् ।

यसको मूख्य कारण भनेको संस्मरण क्षमतामा ह्रास आउनु हो । ज्येष्ठ नागरिकहरुसँग युवाहरुको जस्तो सूचना स्रोतमा धेरै पहुँच हुँदैन । दोस्रो भनेको एक्लोपना हो । 

एक्लोपनालाई हटाउन अरुसँग सम्पर्क बढाउन खोज्दा ज्येष्ठ नागरिकहरु भ्रामक समाचार शेयर गर्ने गर्छन् । करेन्ट डायरेक्सन्स ईन साइक्लोजिकल साइन्समा प्रकाशित ब्रासियरको विश्लेषणमा पनि यसबारेक पूर्ण रुपमा व्याख्या गरिएको छैन ।

उदाहरणका लागि उमेरसँगै हाम्रो स्मरण शक्ति पनि हराउँदै जान्छ । तर सूचनालाई प्रशोधन गर्ने वा बुझ्ने हाम्रो क्षमता भने सधैं उस्तै रहन्छ र हाम्रो सामान्य ज्ञान सुधार हुँदै जान्छ । 

 ब्रासियरका अनुसार मानिसहरुको संस्मरण क्षमता विभिन्न दरमा घट्ने गर्छ । तर कसैको भने सधैं उस्तै रहिरहन्छ । यसरी संस्मरण क्षमता संरक्षण हुँदा ज्येष्ठ नागरिकहरुले बुढेसकालमा अनुभव गर्ने नराम्रा अवस्थाहरुलाई जित्न सक्छन् ।

ज्येष्ठ नागरिक मात्र एक्लोपना महसुस गर्ने उमेर समूह भने होइन । यद्यपी एक्लोपना महसुस गर्ने मानिसहरुले धेरै भ्रामक समाचार शेयर गर्छन् भन्ने कुराको वैज्ञानिक प्रमाण पनि छैन । 

भ्रामक सूचना र ज्येष्ठ नागरिकहरुबीच सम्बन्ध छ भन्ने आम धारणालाई समर्थन गर्ने प्रमाणको अभाव भएको कुरा ब्रासियरको अध्ययनले देखाएको छ ।  यसकारण उनको अध्ययनले अन्य तत्वहरु खोज्ने प्रयास गरेको छ ।

जसमा अन्तरव्यक्तिगत सम्बन्धदेखि डिजिटल साक्षरतासम्मका कुराहरु समेटिएका छन् । ज्येष्ठ नागरिकहरुले किन धेरै भ्रामक समाचारहरु शेयर गर्छन् भन्ने कुरालाई व्याख्या गर्न एउटा पनि राम्रो आधार पाइएको छैन । तर ब्रासियरको विश्लेषणले यो समस्यालाई न्यूनिकरण गर्न धेरै तरिकाहरु आवश्यक हुनसक्ने संकेत भने गरेको छ । 

एउटा उदाहरण: फ्याक्ट चेकिङ । अनलाइनमा शेयर हुने भ्रामक जानकारीहरुको प्रशंग बुझ्न सामाजिक सञ्जाल प्लेटफर्महरुमा फ्याक्ट चेक तथा इन्फरमेसन बक्सहरु हुन्छन् । तर ज्येष्ठ नागरिकहरुमाथि यसको विपरित असर पर्छ ।

‘सूचनासँगै झूठो लेबल बारम्बार देखिरहँदा समेत त्यो सूचना सही नै हो भन्ने गलत छाप ज्येष्ठ नागरिकहरुको दिमागमा परिरहेको छ,’ ब्रासियर भन्छिन् । 

यसको अर्थ ज्येष्ठ नागरिकहरुले कुन कुरा सही हो वा गलत हो भन्ने कुरा छुट्याउन सक्दैनन् भन्ने होइन । तर सामाजिक सञ्जालहरुले भ्रामक जानकारीको प्रसारलाई रोक्न अपनाइरहेको फ्याक्ट चेकिङको विधिले यो काम प्रभावकारी रुपमा गर्न नसक्ने देखिन्छ ।

यदि सामाजिक सञ्जाल प्लेटफर्मले ज्येष्ठ नागरिकबाट प्रसार हुने भ्रामक जानकारीहरुलाई प्रभावकारी रुपमा रोक्न चाहन्छन् भने अन्तर वैयक्तिक सम्बन्ध र डिजिटल साक्षरतामा जोड दिनुपर्ने ब्रासियरको तर्क छ ।

युवा पुस्ताको तुलनामा ज्येष्ठ नागरिकहरु सामाजिक सञ्जाल प्लेटफर्महरुसँग कमै परिचित छन् । ज्येष्ठ नागरिकहरु आफ्नो सामाजिक परिधिभित्र थोरै मानिसहरुलाई मात्र राख्न मन पराउँछन् र आफूसँग चिनजान भएका मानिसहरुलाई मात्र विश्वास गर्न रुचाउँछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०