close

यस्तो डिजाइनमा आउँदैछ, सामसङ ग्यालेक्सी नोट ट्वान्टी

टेकपाना टेकपाना

असार ४, २०७७ १७:३४

यस्तो डिजाइनमा आउँदैछ, सामसङ ग्यालेक्सी नोट ट्वान्टी

एजेन्सी । सामसङले अबको करिब एक महिनाभित्र नयाँ ग्यालेक्सी नोट ट्वान्टी सिरिज सार्वजनिक गर्दैछ । उक्त सिरिज ग्यालेक्सी फोल्ड टुसँगै आउने छ । 

ग्योलक्सी नोट ट्वान्टी सिरिज तीन भेरियन्टमा आउने अपेक्षा गरिएको छ । ग्योलक्सी नोट ट्वान्टीको आधारभूत भेरियन्ट, ग्योलक्सी नोट ट्वान्टी प्लस र ग्योलक्सी नोट ट्वायन्टी अल्ट्रा रहेका छन् । 

प्राप्त जानकारी अनुसार ग्योलक्सी नोट ट्वान्टी सिरिजका फोनहरुमा चौडा डिस्प्ले हुनेछ । यो सिरिजका फोनमा फेरी पनि घुमाउरो आयाताकार आकारमा पाइनेछ ।

यसमा चौडा स्क्रीन हुनेछ । आइस युनिभर्सका अनुसार बनोटको आधारमा यो सिरिजका फोनहरु ग्यालेक्सी ए सेभेन्टी वान जस्तै देखिनेछन् । तर यसको अल्ट्रा भेरियन्ट भने ग्यालेक्सी नोट टेन जस्तै देखिन्छ । 

सामसङले ग्योलेक्सी नोट ट्वान्टी र आगामी दिनमा सार्वजनिक गर्ने ग्यालेक्सी ट्वान्टी वानमा सिमलेस डिस्प्ले प्रविधि प्रयोग गर्ने बताएको छ । 

ग्योलक्सी नोट ट्वान्टी प्लसमा पेरिस्कोप क्यामेरा र ४५०० एमएएचको ब्याट्री ब्याकअप उपलब्ध हुने बताइएको छ । प्राप्त जानकारीहरु अनुसार यसको क्यामेरामा १०० गुणा जूम हुनेछ र मिरर डिजाइनमा आउने छ ।

यसमा १०८ मेगापिक्सेलको क्यामेरा र १६ जीबीको र्‍याम छ । ग्योलक्सी नोट ट्वान्टीका सबै भेरियन्टमा १२८ जीबीको आधारभूत स्टोरेज क्षमता र फिंगरप्रिन्ट रिडर रहेको छ ।

यो सिरिजको आधारभूत भेरिन्टको ब्याट्री ब्याकअप ४००० एमएएचको छ । ग्योलक्सी नोट ट्वान्टी र ट्वान्टी प्लसका डिस्प्ले भने फरक छन् ।

ग्योलक्सी नोट ट्वान्टी सिरिजिमा टीओएफ अर्थात् टाइम अफ फ्लाइट प्रविधिको बन्द गरिने खबर यसअघि नै आएको हो । फोन सार्वजनिक हुने समय नजिक आइसक्दा समेत यसका विस्तृत जानकारीहरु आउन अझैं बाँकी छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१