close

मास्क लगाउन बिर्सिंदा अब फेसबुक र इन्स्टाग्रामले नै सम्झाउने

टेकपाना टेकपाना

असार १९, २०७७ १३:५७

मास्क लगाउन बिर्सिंदा अब फेसबुक र इन्स्टाग्रामले नै सम्झाउने

एजेन्सी । मास्क प्रयोग गर्न मानिसहरुलाई सम्झाउन फेसबुक र इन्स्टाग्रामको न्युजफीडमा फेसबुक कम्पनीले म्यासेजिङ थप गर्ने भएको छ । यससँगै फेसबुकको न्युजफीडको अग्रभागमा एउटा अलर्ट देखिनेछ ।

जसले प्रयोगकर्तालाई कोभिड १९ को इन्फर्मेसन सेन्टर (सूचना केन्द्र) तिर लिएर जानेछ । त्यहाँबाट प्रयोगकर्ताहरुले थप जानकारीका लागि सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सेन्टरको लिंक पाउन सक्नेछन् । इन्स्टाग्रामले पनि प्रयोगकर्तालाई सोही प्रकारको सीडीसी लिंक दिनेछ ।

उक्त लिंकमा सीडीसीले सम्भावित संक्रमणबाट बच्न सार्वजनिक क्षेत्रमा मास्कको प्रयोग गर्न सुझाव दिदैँ आएको छ । कोभिड १९ संक्रमणको मामिलाहरु बढेपछि यसलाई नियन्त्रण गर्न फेसबुकले यस्तो कदम उठाएको हो ।

फेसबुकले कोभिड १९ को महामारी फैलिन नदिन विभिन्न किसिमका प्रयासहरु गर्दै आइरहेको छ । केही समय अघि उसले महामारी सम्बन्धी भ्रामक समाचारको प्रसारलाई रोक्ने प्रयास समेत गरेको थियो । आजदेखि नै यो नयाँ फिचर इन्स्टाग्राम र फेसबुकमा देखिने कम्पनीले बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३