close

क्लासिक टेकले माग्यो १६६ जना कर्मचारी, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

साउन १९, २०७७ १६:४३

क्लासिक टेकले माग्यो १६६ जना कर्मचारी, यसरी दिनुहोस् आवेदन

काठमाडौं । कोरानाका कारण सिर्जना भएको विपदको अहिलेको अवस्थामा कतिपयले आफ्नो रोजगारी गुमाउनु परेको छ । त्यस बाहेक जागिरको खोजी गर्नेको संख्या पनि एकदमै उच्च छ ।

यस्तो अवस्थामा नेपालको चर्चित इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले भने एकसाथ १६६ जना कर्मचारी भर्ना गर्न थालेको छ ।

सेवा विस्तारको क्रममा रहेको कम्पनीले एकै पटक ठूलो संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले काठमाडौंका लागि कर्पोरेट रिलेसन अफिसरको रुपमा १० जना कर्मचारी मागेको छ ।

स्नातक तह उत्तीर्ण गरेका, सावरी चालक अनुमतिपत्र भएका र सेल्स एण्ड अपरेटिङमा दुई वर्ष अनुभवका हरुले यो पदका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै कम्पनीले सेल्स एसोसिएट पदका लागि ५० जना कर्मचारी माग गरेको छ । काठमाडौं, बनेपा, पोखरा, विराटनगर, वीरगञ्ज, बुटवल, चितवन, हेटौंडा, इटहरी, धरान, विराटनगर, कावासोती, बर्दिवास, सिमरा, धुलिखेल र हाटियाका लागि यी कर्मचारी मागिएको हो ।

एसएलसीसम्मको अध्ययन भए पुग्ने यो पदमा फाइबर सपोर्टको अनुभव भएका, आफ्नै सवारी साधन र चालक अनुमतिपत्र भएकाहरुले आवदेन दिन सक्नेछन् ।

यसका साथै कम्पनी एरिया सेल्स रिप्रिजेन्टेटिभ र फ्रन्ट डेक्स एसोसियटमा सय जना कर्मचारीको माग भएको छ । दुई पदका लागि ५०–५० जना माग गरिएको छ ।

यसमा आवेदन दिनका लागि प्लस टू पास गरेको हुनुपर्ने छ । काठमाडौं, बनेपा, पोखरा, विराटनगर, वीरगञ्ज, बुटवल, चितवन, हेटौंडा, इटहरी, घरान, विराटनगर, कावासोती, बर्दिवास, सिमरा, धुलिखेल र हाटियामा रहेर काम गर्न चाहनेहरुले यी पदमा आवेदन दिन सक्नेछन् ।

जसमध्ये एरिया सेल्स रिप्रिजेन्टेटिभको लागि सेल्स र मार्केटिङमा एक वर्षको अनुभव भएको र आफ्नै सवारी साधन तथा चालक अनुमतिपत्र भएको हुनेपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै फ्रन्ट डेस्क एसोसियट पदका लागि कस्टमर सर्भिसमा एक वर्षको अनुभव भएको र आफ्नै सवारी साधन तथा चालक अनुमतिपत्र भएको हुनुपर्ने छ । यस अलावा कम्पनीले सहायक शाखा प्रमुख पदको लागि पनि आवेदन माग गरेको छ ।

काठमाडौं, बनेपा, पोखरा, कावासोती, नेपालगञ्ज र धादिङ गरी कुल ६ जनाका लागि यसमा आवेदन माग भएको हो । यसका लागि सेल्स एण्ड अपरेसनमा तीन वर्षको अनुभव भएको, स्नातक उत्तीर्ण भएको, आफ्नै सवारी साधन र चालक अनुमतिपत्र भएका व्यक्तिले आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

उल्लेखित पदहरुमा आवेदन दिनका लागि यहाँ क्लिक गरी कम्पनीमा ईमेलमार्फत आफ्नो बायोडेटा पठाउन सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०