close

कुन सेवा प्रदायकको एफटीटीएच इन्टरनेट सस्तो ?

टेकपाना टेकपाना

साउन २५, २०७७ १७:३५

कुन सेवा प्रदायकको एफटीटीएच  इन्टरनेट सस्तो ?

काठमाडौं । हाल नेपालमा इन्टरनेट सेवा प्रदान गर्न भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट इजाजत लिनेहरुको संख्या १ सय २५ नाघेको छ । तर सञ्चालनमा आएका सेवाप्रदायकको संख्या भने ४० मात्रै छ ।

बजारमा थुप्रै सेवाप्रदायक हुँदा कुन सेवाप्रदायकको इन्टरनेट लिने भन्नेमा धेरै सेवाग्राहीलाई दुविधा उत्पन्न भइरहेको हुनसक्छ । नेपालमा इन्टरनेट सेवा केही महँगो नै भएकाले सेवाप्रदायक छनाेटको प्रमुख आधार त्यसको शुल्क हुने गरेको छ ।

सेवाप्रदायकहरुले एक महिना, तीन महिना, छ महिना र एक वर्ष गरी विभिन्न अवधिको इन्टरनेट प्याकेजका लागि फरक-फरक शुल्क निर्धारण गर्ने गरेका छन् । तर कम्पनीले उपलब्ध गराउने कम गतिको एक वर्षे प्याकेज नै सम्बन्धित सेवाप्रदायकले दिने सबैभन्दा सस्तो प्याकेजको रुपमा रहेको हुन्छ ।

त्यसो त अहिले इन्टरनेटसँगै टेलिभिजन सेवा (आईपी टीभी) बण्डलिङमा दिने ट्रेण्ड एकदमै बढेको छ । यस्तोमा इन्टरनेटको प्याकेजको मूल्यलाई मात्र तुलना गर्दा त्यति यथार्थपरक चित्र नदेखिन सक्छ ।

अर्कोतर्फ सेवाप्रदायकपिच्छे उपलब्ध गराउने इन्टरनेट प्याकेजको स्पीडसमेत भिन्न हुने गरेको छ । त्यसैले प्याकेज छनाेट गर्दा आफ्नो आवश्यकतालाई समेत ख्याल गर्नुहोस् ।

सेवाग्राहीहरूकाे दुविधालाई केही हदसम्म भएपनि सहज बनाउने उद्देश्यका साथ इन्टरनेटको मूल्यलाई मात्र आधार बनाएर प्याकेजको तुलना गरेका छौं । यसमा १० हजारभन्दा बढी ग्राहक हुने कम्पनीहरुलाई मात्र समेटिएको छ ।

नेपाल टेलिकम

नेपाल टेलिकमले १५ एमबीपीएस गतिको इन्टरनेट १२ हजार रुपैयाँमै उपलब्ध गराइरहेको छ । १२ महिनाको प्याक खरिद गर्दा थप दुई महिना गरी १४ महिनासम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

यस हिसाबले टेलिकमको सबैभन्दा सस्तो प्याकेज १५ एमबीपीएस गतिको इन्टरनेट एक वर्षका लागि लिँदा मासिक ८ सय ५७ रुपैयाँ मात्र पर्नेछ ।

टेलिकमले वार्षिक ८ एमबीपीएस गतिको इन्टरनेट ८ हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको प्याकेजलाई समेत निरन्तरता दिने तयारीमा रहेको छ । टेलिकमले २० एमबीपीएस र ५० एमबीपीएस गतिका विभिन्न प्याकेज समेत दिइरहेको छ ।

कम्पनीको प्याकेजको बारेमा विस्तृत रुपमा थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

ब्रोडलिङ्क

ब्रोडलिङ्कले सबैभन्दा सस्तो प्याकेजको रुपमा २० एमबीपीएस गतिको इन्टरनेटको वार्षिक प्याकेज १२ हजार ७ सय रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । तर यसमा तपाईंले दैनिक १३ जीबीभन्दा बढी प्रयोग गर्नुपर्ने अवस्थामा भने पाँच एमबीपीएसमै चित्त बुझाउनुपर्ने हुन्छ ।

कम्पनीले ३५, ४०, ४५ र ६० एमबीपीएस गतिको इन्टरनेट विभिन्न प्याकेज तथा अफरसहित खरिद गर्नसमेत सक्नुहुन्छ । पहिलोपटक इन्टरनेट जोड्दा तपाईंले वायर चार्ज, रेन्टल चार्ज र सेक्युरिटी डिपोजिट बापत दुई हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

कम्पनीको प्याकेजको बारेमा विस्तृत रुपमा थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

सुबिसु केबल नेट

सुबिसुको सबैभन्दा सस्तो प्याकेजमा २० एमबीपीएस गतिको वार्षिक इन्टरनेटका लागि १३२०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । सुरुमा जोड्दा एक्टिभेसन चार्जबापत १ हजार ३ सय २७ रुपैयाँ वायर चार्ज ४ सय ४२ रुपैयाँ रहेको छ भने इन्स्टलेसन चार्ज निःशूल्क छ ।

कम्पनीले ३५ एमबीपीएस र ४५ एमबीपीएस गतिको इन्टरनेटसमेत विभिन्न प्याकेज तथा दररेटमा उपलब्ध गराइरहेको छ ।

कम्पनीको प्याकेजको बारेमा विस्तृत रुपमा थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

टेकमाइण्ड्सः

टेकमाइण्ड्स नेटवर्कले सबैभन्दा सस्तो प्याकेजको रुपमा १० एमबीपीएस गतिको इन्टरनेट वार्षिक १३ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले १५ एमबीपीएस र ३० एमबीपीएसका अन्य प्याकेज समेत दिँदै आएको छ ।

कम्पनीको प्याकेजको बारेमा विस्तृत रुपमा थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

वेबसर्फरः

वेबसर्फरले सबैभन्दा सस्तो प्याकेजको रुपमा ३० एमबीपीएस गतिको एक वर्षे इन्टरनेट प्याकेजका लागि १३ हजार ९९८ रुपैयाँ राखेको छ । जसमा इन्स्टलेसन चार्ज निःशुल्क गरिएको छ ।

कम्पनीले ४०, ६० र ८० एमबीपीएस गतिमा समेत विभिन्न अफर तथा प्याकेज उपलब्ध गराइरहेको छ । पहिलो पटक सेवा लिँदै हुनुहुन्छ भने तपाईंले फाइबर केबल, राउटर रेन्टल, राउटर एसडी रिफण्डेबल बापत २ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

कम्पनीको प्याकेजको बारेमा विस्तृत रुपमा थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

एरोनेट

एरोनेटको सबैभन्दा सस्तो प्याकेज ३० एमबीपीएस गतिको इन्टरनेट वार्षिक १४ हजार रुपैयाँमा उपलब्ध छ । साथमा एउटा टेलिभिजनमा चलाउन मिल्ने आइपी टीभी निःशूल्क रुपमा पाउन सकिनेछ ।

कम्पनीले ४० एमबीपीएस र ६० एमबीपीएस गतिमा अन्य प्याकेज समेत उपलब्ध गराइरहेको छ । पहिलोपटक इन्टरनेट जडान गर्दै हुनुहुन्छ भने तपाईंले करबाहेक प्रतिमिटर फाइबरका लागि २५ रुपैयाँ, राउटर चार्ज २५ सय रुपैयाँ, सेक्युरिटी डिपोजिट १५ सय रुपैयाँ र ५ सय रुपैयाँ सेवा शुल्क बुझाउनुपर्नेछ ।

कम्पनीको प्याकेजको बारेमा विस्तृत रुपमा थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

भायनेट

भायनेटको सबैभन्दा सस्तो प्याकेज ३० एमबीपीएस गतिको इन्टरनेट १४ हजार ४ सय रुपैयाँमा उपलब्ध छ । सुरुमा यो प्याकेज लिँदै हुनुहुन्छ भने इन्स्टलेसन चार्ज र फाइबर वाईफाई डिभाइस डिपोजिट वापत २ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यो प्याकेजमा तपाईंले भायसेक्योर, सर्भिस एस्योरेन्स, अल्टा बूस्टसँगै नेट टीभीसमेत पाउन सक्नुहुन्छ । कम्पनीले ४०, ४५ र ६० एमबीपीएस गतिको इन्टरनेट समेत विभिन्न प्याकेजको रुपमा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीको प्याकेजको बारेमा विस्तृत रुपमा थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

क्लासिक टेकः

क्लासिक टेकले सबैभन्दा सस्तो प्याकेजको रुपमा ३० एमबीपीएस गतिको इन्टरनेट वार्षिक १४ हजार ४ सय रुपैयाँमा उपलब्ध गराइरहेको छ । जसमा क्लासिक प्रभु टीभी निःशुल्क रुपमा प्राप्त गर्न सकिन्छ ।

यदि पहिलो पटक क्लासिक टेकको इन्टरनेट जोड्दै हुनुहुन्छ भने वाईफाई फाइबर राउटरका लागि रेन्टल, केबल र ओएनयू डिपोजिट वापत २ हजार रुपैयाँ अतिरिक्त तिर्नुपर्ने हुन्छ । कम्पनीले ४० एमबीपीएस र ६० एमबीपीएस गतिका अन्य विभिन्न प्याकेज समेत दिइरहेको छ ।

कम्पनीको प्याकेजको बारेमा विस्तृत रुपमा थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

वर्ल्डलिङ्क

वर्ल्डलिङ्कले ३० एमबीपीएस गतिको वार्षिक इन्टरनेट प्याकेज १५ हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । साथमा सेफनेट, वाईफाई मोबिलिटी र एउटा टेलिभिजनमा चलाउन मिल्नेगरी सबै एचडी च्यानल भएको नेट टीभी सुविधा निःशुल्क पाउन सक्नुहुनेछ ।

कम्पनीले ४० एमबीपीएस, ६० एमबीपीएस गतिमा समेत विभिन्न प्याकेजमा इन्टरनेट सेवा दिँदै आएको छ । १२ महिनाको प्याकेजमा जडान निःशुल्क गरिएको छ ।

सुरुमा फाइबर राउटरका लागि एक हजार रेन्टल चार्ज भने तिर्नुपर्ने हुन्छ । साथै ड्रप वायर चार्ज वापत पाँच सय रुपैयाँ र रिफण्डेबल डिपोजिट ५ सय रुपैयाँ पर्न जान्छ ।

कम्पनीको प्याकेजको बारेमा विस्तृत रुपमा थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३