close

महिलाहरुलाई प्रविधिमैत्री बनाउने सनराइज बैंकको योजना, भुक्तानी रकममा दुई हजारसम्म क्यासब्याक दिने

टेकपाना टेकपाना

भदौ ७, २०७७ ८:२

महिलाहरुलाई प्रविधिमैत्री बनाउने सनराइज बैंकको योजना, भुक्तानी रकममा दुई हजारसम्म क्यासब्याक दिने

काठमाडौं । सनराइज बैंकले महिलाहरूलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सनराइज नारी बचत खाता शुरू गरेको छ ।

बैंकले उक्त खाता शून्य मौज्दातमा खोल्न सकिने व्यवस्थाका साथै पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छूटको सुविधा दिएको छ ।

महिलाहरूलाई प्रोत्साहन पुगोस् भनेर कर्जा लिँदाको प्रक्रियागत खर्चमा विशेष छूटको व्यवस्था समेत गरेको बैंकले बताएको छ ।

साथै महिलाहरूले डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा रू. २ हजारसम्मको क्यासब्याक दिने व्यवस्था पनि गरेको बैंकको भनाइ छ ।

विभिन्न स्वास्थ्य बीमासमेत समावेश रहेको सो खाता हाल लकडाउन तथा निषेधाज्ञाको अवस्थामा ग्राहकहरूले घरमा बसेरै अनलाइनबाट खोल्न सकिने व्यवस्था मिलाएको बैंकले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३