close

साओमी रेड्मी नोट नाइन प्रोको सस्तो भेरियन्ट नेपाली बजारमा, कति छ मूल्य ?

टेकपाना टेकपाना

भदौ ११, २०७७ १४:३९

साओमी रेड्मी नोट नाइन प्रोको सस्तो भेरियन्ट नेपाली बजारमा, कति छ मूल्य ?

काठमाडौं । पछिल्लो समय निकै बजार लिइरहेको साओमी रेड्मी नोट नाइन प्रो सिरिजको नयाँ भेरियन्ट नेपाली बजारमा आइपुगेको छ । यस अघि ६ जीबी तथा ८ जीबी भेरियन्टमा उपलब्ध यो फोन अब ४ जीबी भेरियन्टमा समेत पाइने भएको हो ।

मीका अफलाइन स्टोरहरुमा चाँडै उपलब्ध हुने भनिएको यो फोनमा १२८ जीबीको स्टोरेज रहेको छ । जसको मूल्य केवल २६ हजार ९९९ रुपैयाँ राखिएको छ ।

शाओमीले केही समयअघि नेपालमा रेड्मी नोट नाइन, नोट नाइन प्रो र नोट नाइन प्रो म्याक्स नेपाली बजारमा सार्वजनिक गरेको थियो ।

शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएको यो फोनले सबैका लागि असाधारण स्मार्टफोन अनुभवमा प्रदान गर्ने दाबी कम्पनीले गर्दै आएको छ । अत्याधुनिक डिजाइन र नवीन प्रविधिको यो फोनलाई धेरै नेपाली प्रयोगकर्ताले रुचाएका छन् ।

यो फोनमा ५०२० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने १८ वाटको फास्ट चार्जिङ सपोर्ट समेत दिइएको छ ।

४८ मेगापिक्सेलको प्राइमरी क्यामेरा र क्वालकम स्न्यापड्रागन ७२० जी प्रोसेसर रहेको रेड्मी नोट नाइन प्रो रेड्मी नोट लाइनअपकै सस्तो स्मार्ट फोन हो । फोनमा चार वटा क्यामेरा सेटअप रहेको छ ।

जसमा आठ मेगापिक्सेल अल्ट्रा वाइड-एंगल लेन्स, ५ एमपीको म्याक्रो लेन्स र दुई मेगापिक्सेलकाे डेप्थ सेन्सर रहेको छ । यो फोन फोटोग्राफी र भिडियोग्राफीका लागि उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।

सेल्फीका लागि एआई पोट्रेट मोड सहितको १६ मेगापिक्सेलको ईन डिस्प्ले क्यामेरा रहेको छ । फोनमा नाइट मोड, प्रो मोड, अल्ट्रा वाइड, सेल्फी नाइट मोडजस्ता क्यामेरा मोड रहेका छन् ।

६.६७ इन्चको डिस्प्ले रहेको रेड्मी नोट नाइन प्रोको डिस्प्लेमा कर्निंङ गोरिल्ला ग्लास फाइभको प्रोटेक्सन दिइएको छ । यसमा ३.५ एमएम हेडफोन ज्याक, आईआर ब्लास्टर जस्ता विभिन्न फिचरहरु रहेका छन् ।

फोनको दायाँ छेउमा दिइएको साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर धेरैलाई मन परेको अर्को आकर्षक फिचर हो । जसलाई तपाईं खल्तीमा राखिएको अवस्थामा समेत सहजै खोल्न सक्नुहुन्छ ।

हाल नेपालमा रेड्मी नोट नाइन प्रोको ६ जीबी भेरियन्टको मूल्य २९,९९९ रुपैयाँ र रेड्मी नोट नाइन प्रो म्याक्सको मूल्य ३१ हजार ९९९ रुपैयाँ राखिएको छ । त्यस्तै ८ जीबी भेरिन्टको रेड्मी नोट नाइन प्रो म्याक्सको मूल्य ३४ हजार ९९९ रुपैयाँ रहेको छ । ४ जीबी भेरियन्टको नोट नाइनका लागि भने कम्पनीले २२ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३