close

क्लासिक टेकको इन्ट्रानेट सेवा पश्चिम बझाङदेखि पूर्वको ताप्लेजुङसम्म

टेकपाना टेकपाना

भदौ २२, २०७७ १८:२१

क्लासिक टेकको इन्ट्रानेट सेवा पश्चिम बझाङदेखि पूर्वको ताप्लेजुङसम्म

काठमाडाैं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले पछिल्लो दिनमा आफ्ना ग्राहकहरुको लागि सेवा बिस्तार गर्ने क्रमलाई तिव्रता दिएको छ । कम्पनीले अहिलेको विषम परिस्थितिमा इन्टरनेट सेवाका साथै विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने इन्ट्रानेट सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

क्लासिक टेकले पश्चिमको बझाङ्ग, बाजुरादेखि पूर्वमा ताप्लेजुङ्गसम्म आफ्नो इन्ट्रानेट सेवा बिस्तार गरेर सेवा उपलब्ध गराएको छ । यी क्षेत्रहरुसम्म सेवा बिस्तार गर्नु निकै कठिन र चुनौतीपूर्ण रहँदै आएको छ ।

इन्ट्रानेट सेवा विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुको लागि निरन्तर मागअनुसार जडान गर्दै आएको छ । लकडाउनको समयमा पनि निरन्तर जडान र ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

कोरोना संक्रमणको जोखिमसँगै प्रयोग हुँदै आएको टेली मेडिसिन सेवामा पनि कम्पनीकाे यो सेवा उपयोग गर्न सकिन्छ । देशका दुर्गम भेगहरुमा टेलिमेडिसिन सेवा प्रयोग र उपयोग गरेर डाक्टरहरुले बिरामीहरुको उपचार गर्न सकिन्छ ।

यसको लागि आफ्नो गुणस्तरीय र भरपर्दो सेवाले टेली मेडिसिन सेवालाई विश्वसनीय बनाउने कम्पनीले जनाएकाे छ ।

पीसीआर टेस्ट गरेर आफ्ना कर्मचारीहरुलाई पठाउने र आएपछि पनि पुन: पीसीआर गराउने गरेको हुँदा निकै सुरक्षित वातावरणमा सेवा दिइरहेको कम्पनीले जनाएकाे छ ।।

‘कम्पनीले पैदल नै जानुपर्ने स्थानहरु तथा संस्थाहरुमा पनि सेवा उपलब्ध गराएको छ । हामीले अहिलेको कठिन परिस्थितिमा कतिपय स्थानहरुमा भोकै बसेर र घण्टौं पैदल हिँडेर समेत सेवा चाहिएको स्थानमा इन्ट्रानेट सेवा उपलब्ध गराउँदै आएका छौं,’ कम्पनीका एक प्रतिनिधले भने ।

नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनीमध्येको एक क्लासिक टेकले ग्रामीण भेगका कतिपय स्थानहरुमा विद्युतको उपलब्धता नभएपनि सो स्थानमा सोलार प्रणालीमार्फत इन्ट्रानेट सेवा उपलब्ध गराएको छ ।

यस बाहेक कम्पनीले सेवा उपलब्ध गराएपछिको मर्मत संभारको लागि तत्काल कर्मचारीहरु उपलब्ध गराएर सेवा प्रदान गरिहेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०