close

कोरोनाको पीसीआर परीक्षणका लागि आईएमई पे बाट भुक्तानी गर्दा ७ प्रतिशत छुट

टेकपाना टेकपाना

भदौ २३, २०७७ १२:५५

कोरोनाको पीसीआर परीक्षणका लागि आईएमई पे बाट भुक्तानी गर्दा ७ प्रतिशत छुट

काठमाडौं । विध ल्याबमा कोभिड १९ को पीसीआर परीक्षण गर्दा छुट पाइने भएको छ । सबैको पहुँचमा सुलभ परीक्षण गर्ने उद्धेश्यसहित यसले पीसीआर परीक्षण गरिरहेको बिधले आईएमई पेसँग सहकार्य गरी छुटकाे व्यवस्था ल्याएकाे हाे ।

यसअन्तर्गत सेवाग्राहीले आईएमई पे वालेटबाट क्यूआर कोड स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्छन् । विध ल्याब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त पहिलो निजी परीक्षण प्रयोगशाला हो ।

ललितपुरस्थित कुपण्डाेलमा रहेकाे यसकाे प्रयाेगशालामा दैनिक चार हजार स्याम्पल टेस्ट गर्ने क्षमता छ भने पाँच घण्टामै पीसीआरको रिपोर्ट निकालिने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०