close

नेट टिभीमा यसरी हेर्नुहोस नयाँ नेपाली, हिन्दी र अंग्रेजी फिल्म

टेकपाना टेकपाना

भदौ २९, २०७७ १३:२६

नेट टिभीमा यसरी हेर्नुहोस नयाँ नेपाली, हिन्दी र अंग्रेजी फिल्म

काठमाडौं । आईपी टिभी अर्थात इन्टरनेटमार्फत टेलिभिजन सेवा प्रदान गर्दै आएको नेट टिभीले आफ्नो मोबाइल एपलाई थप परिष्कृत गरेको छ । मोबाइल प्रयोगकर्तालाई टेलिभिजनको नयाँ अनुभव प्रदान गर्ने योजनाका साथ कम्पनीले पछिल्लो समय एपमार्फत विभिन्न सेवा उपलब्ध गराउँदै आएको छ ।

यसै क्रममा कम्पनीले मोबाइल एपमा ‘मुभी सेक्सन’ थप गरेको हो । यो सेवा यसअघि टेलिभिजनमा भने उपलब्ध थियो । यो सँगै अब नेट टिभीको मोबाइल एपमा ‘लाइभ टिभी’, ‘टिभी शो’ र ‘मुभी सेक्सन’ गरी तीन वटा सेक्सन भएका छन् ।

यसमध्ये लाइभ टिभी सेक्सनमा ओटीटी अधिकार भएका १५० भन्दा बढी च्यानलहरु उपलब्ध छन् । जुन सबैले निःशुल्क हेर्न पाइने छ ।

त्यस्तै टिभी शो सेक्सनमा केही नेपाली वेब सिरिज, शर्ट मुभीका साथै केही चर्चित युट्युव भिडियोहरु उपलब्ध रहेका छन् । यी सामाग्री पनि प्रयोगकर्ताले एपमा आवश्यक जानकारी भरी लगइन गरेसँगै निशुल्क हेर्न पाउँनेछन् ।

नयाँ फिचरको रुपमा थपिएको ‘मुभी सेक्सन’ भने सब्क्रिप्सन र पे पर भ्युमा आधारित रहेका छ ।हाल उक्त सेक्सनमा ‘नेपाली पीपीभी मुभी’ उपलब्ध भइसकेको छ । जसमा दैलो, आमा, क्याप्टेन, चौका दाउ, इन्टु मिन्टु, बाह्र सत्ताइस लगायतका दर्जनौं नयाँ नेपाली फिल्म रहेका छन् ।

यो फिल्म प्रयोगकर्ताले तोकिएको शुल्क तिरेर हेर्न पाउने उल्लेख गरिएको छ । कम्पनीका अनुसार अबको केही दिनमा मुभी सेक्सन भित्रै हलिउड र बलिउड सेक्सन पनि थप हुनेछ ।

जसमा अग्रेंजी तथा हिन्दी नयाँ फिल्म तथा सिरिज उपलब्ध हुनेछन् । नेपलाी फिल्म पे पर भ्युका आधारमा भएता पनि हलिउड र बलिउड फिल्म भने प्रयोगकर्ताले एकै पटक सब्क्रिप्सन गरेर हेर्न सक्ने उल्लेख गरिएको छ ।

यसको अर्थ नेटफ्लिक्स, अमेजन प्राइम लगाएतका ओटीटी सेवा प्रदायकमा जस्तै गरी मासिक तथा वार्षिक सब्स्क्रिप्सनको व्यवस्था हुनेछ ।

यी सेवाको शुल्क प्रयोगकर्ताले नेपालमा उपलब्ध विभिन्न पेमेन्ट गेटवेमार्फत सहज रुपमा भुक्तानी गर्न सक्ने उल्लेख गरिएको छ । जसमा खल्ती, ईसेवा, आईएमई पे, कनेक्ट आईपीएस लगायत रहेका छन् ।

नेट टिभी एपमा फिल्म हेर्न तरिका

विभिन्न पेमेन्ट गेटवे मार्फत भुक्तानी गर्न सकिने यो एपमा कम्पनीले भुक्तानीका लागि दुई फरक प्रक्रिया उपलब्ध गराएको छ । जसमध्ये पहिलो नेटटिभी वालेट हो भने अर्को डाइरेक्ट ई–सेवा खल्ती लगायतका मोबाइल वालेट एप । जसमध्ये नेटटिभी वालेटमार्फत पे गर्नका लागि सुरुमा नेटटिभी वालेटमा पैसा लोड गर्नुपर्ने हुन्छ ।

नेटटिभी वालेट टप–अप गर्ने तरिका

सुरुमा गुगल प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट एप डाउनलोड गर्नुहोस् । उक्त एपमा तपाईंले वर्ल्डलिंकको लग ईन आईडीमार्फत अथवा डाइरेक्ट पनि लगईन गर्न सक्नुहुनेछ । लगईन भएसँगै तपाईंले दायाँ साइडको पुछारमा ‘मोर’ भन्ने अप्सन देख्नुहुनेछ ।

जसभित्र ‘वालेट टप–अप’ भन्ने विकल्प छ । उक्त विकल्पमा क्लिक गरी तपाईंले आफूलाई आवश्यक पैसा उल्लेख गरी ‘प्रोसिड’ मा थिच्नुपर्ने हुन्छ । जहाँ वालेट टप–अपका लागि तपाईंलाई खल्ती, ई–सेवा, आईएमई पे, कनेक्ट आईपीएस लगायतका विकल्प उपलब्ध हुनेछन् ।

उपलब्ध विकल्प मध्ये कुनै एउटा विकल्प छनोट गरी त्यहाँ आवश्यक पर्ने जानकारी (युजर नेम र पासवर्ड) हाल्नुपर्ने हुन्छ । त्यति गरेसँगै तपाईंले छनौट गरेको वालेटमार्फत तपाईंलाई एउटा ‘पिन’ नम्बर उपलब्ध हुनेछ ।

उक्त पिन प्रयोग गरी तपाईंले कन्फर्म गर्न सक्नुहुनेछ । यती गरिसक्दा तपाईंको नेटटिभी वालेटमा पैसा लोड भइसक्नेछ ।

नेट टिभी वालेटमा भएको पैसाबाट कसरी फिल्म किन्ने ?

त्यसका लागि तपाईंले सुरुमा आफूले हेर्न चाहेको फिल्ममा क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँ ‘बाई नाव’ भन्ने अप्सन देखिने छ । जसमा क्लिक गर्दा दुई वटा विकल्प देखापर्नेछन् । जसमा ‘मुभी वन्ली’ र ‘छनौट गरिएको फिल्म सहितको प्याकेज’ हुनेछन् ।

यदि तपाईं धेरै फिल्म भएको प्याकेज लिन चाहनुहुन्छ भने दोस्रो विकल्प क्लिक गरी अघि बढ्न सक्नुहुन्छ । यदि तपाईं आफूलाई मन परेको फिल्ममात्रै हेर्न चाहनुहुन्छ भने ‘मुभी वन्ली’ मा क्लिक गर्नुहोस् ।

‘मुभी वन्ली’ मा क्लिक गरेसँगै त्यहाँ ‘वालेट पेमेन्ट’ अप्सन देख्नुहुनेछ । उक्त अप्सनमा क्लिक गरी तपाईंले नेटटिभी वालेटमा भएको पैसाबाट भुक्तानी गरी फिल्मको मज्जा लिन सक्नुहुनेछ ।

यो त थियो नेटटिभी वालेटमार्फत पैसा तिर्ने विकल्प । अब हामी तपाईंलाई खल्ती, ईसेवा, आईएमई पे, कनेक्ट आईपीएसमार्फत डाइरेक्ट फिल्मको पैसा तिर्ने तरिका पनि बताउँदै छौं ।

खल्ती, ई–सेवा, आईएमई पे, कनेक्ट आईपीएसमार्फत फिल्मको पैसा तिर्ने तरिका
यसको पनि सुरुवाती पक्रिया एउटै हो । अघि भनेजस्तै आफूले हेर्न चाहेको फिल्ममा क्लिक गरी ‘बाइ नाउँ’ भन्ने अप्सनमा गएर ‘मुभी वन्ली’ मा क्लिक गर्न सक्नुहुनेछ । ‘मुभी वन्ली’ मा क्लिक गरेसँगै त्यहाँ ‘ई–पेमेन्ट’ भन्ने अप्सन रहेको छ ।

उक्त अप्सन छनौट गरी तपाईंले ‘कन्टिन्यु पेमेन्ट’ मा क्लिक गरी आफूले प्रयोग गर्ने वालेट छनोट गर्नुपर्ने हुन्छ । अब त्यहाँ आवश्यक पर्ने जानकारी (युजर नेम र पासवर्ड) राखेर लगईन गर्नुपर्ने हुन्छ ।

यति गरेसँगै तपाईंले छनौट गरेको वालेटमार्फत तपाईंलाई एउटा ‘पिन’ नम्बर उपलब्ध हुनेछ । उक्त पिन राखेर कन्फर्म गरेसँगै हेर्न चाहेको फिल्म तपाईंको डिभाइसमा उपलब्ध हुनेछ ।

यदि तपाईं एप प्रयोग गर्नुहुन्न र वेबमार्फत हेर्न चाहनुहुन्छ भने त्यो विकल्प पनि उपलब्ध छ । वेब भर्सनमा पनि तपाईंले उल्लेखित प्रक्रिया भने अपनाउनु पर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०