close

नोकिया ८.३ फाइभजी सार्वजनिक, प्रिबुकिङ गर्नेलाई गुगल वानमा १०० जीबी स्पेस नि:शुल्क

टेकपाना टेकपाना

असोज ७, २०७७ २०:१९

नोकिया ८.३ फाइभजी सार्वजनिक, प्रिबुकिङ गर्नेलाई गुगल वानमा १०० जीबी स्पेस नि:शुल्क

काठमाडौं । नाेकियाले आफ्नो पहिलाे फाइभजी स्मार्टफोन नोकिया ८.३ फाइभजी सार्वजनिक गरेकाे छ । यसकाे प्रि अर्डर भाेलि बिहीबारदेखि जेबी हाईफाई, अमेजन लगायतबाट गर्न सकिने कम्पनीले जनाएकाे छ ।

६/६४ जीबी र ८/१२८ जीबी भेरियन्टमा आउने यो फोन प्रिबुक गर्दा प्रयोगकर्ताले नयाँ नोकिया पावर इयरबर्ड्स लाइट प्राप्त गर्नेछन् । साथमा कम्पनीले ग्राहकलाई गुगल वानमा ६ महिनाका लागि १०० जीबी अनलाइन स्टाेरेज नि:शुल्क दिने घाेषणा गरेकाे छ ।

फाेनकाे मूल्य ५९९ युराेबाट सुरू हुने जनाइएकाे छ । अमेजनमा यसकाे मूल्य ६९९ अमेरिकी डलर राखिएकाे छ ।

फोनमा ६.८१ को फुल एचडी प्लस डिस्प्ले, १२० हर्जकाे रिफ्रेस रेट, अक्टाकाेर क्वालकम स्न्यापड्रागन ७६५जी प्राेसेसर, क्वाड क्यामेरा (६४ मेगापिक्सेलको मुख्य सेन्सर), एन्ड्राेइड टेन अपरेटिङ सिस्टम, ४५ सय एमएएचको शक्तिशाली ब्याट्री लगायतका विशेषता छन् ।

कुनै समय कीप्याड मोबाइलमा एकछत्र राज गरेको कम्पनी पछिल्लो समय स्मार्टफोनको दुनियामा सुस्ताएको छ । नयाँ प्रविधिलाई समयमै ग्रहण गर्न नसक्दा आफ्नो बजार गुमाएको कम्पनीले अब भने नयाँ प्रविधिलाई अन्य ब्राण्डसँगै उतारेको छ ।

६ महिनाकाे तयारीपछि मात्र ग्लाेबल सेलका लागि नाेकिया ८.३ फाइभजी उत्रिएकाे छ ।

यसैबीच जेम्स बोण्डको २५ ‍औं फिल्म ‘नो टाइम टु डाई’ की अभिनेत्री लासाना लिन्चले नाेकिया ८.३ फाइभजी लिएकाे दृश्य सार्वजनिक भएको छ । 

याे नोकिया फोनको अभिभावक कम्पनी एचएमडी ग्लोबल मार्केटिङ अभियानको एउटा हिस्सा हो ।

लासानाको उक्त शूट आइकोनिक पाइनहूड स्टुडियोमा लिइएको थियो । विस्फोट भएर तहसनहस भएको धुँवा उडिरहेको परिदृश्यमा नोमी नामको लिन्चको पात्र उभिएकी छिन् ।

उनको पछाडि एउटा कार छ भने साथै नोकियाको नयाँ फोन नोकिया ८.३ फाइभजीलाई पनि उनीसँगै फिचर गरिएको छ ।

‘द अन्ली ग्याजेट यु एभर निड’ भनेर सो स्मार्टफोनलाई फिचर गरिएको छ। उक्त फोटो लिनका लागि बेन म्याकलिन नौ मिटरसम्म हावामा उडेका थिए । 

एचएमडी ग्लोबल जेम्स बोण्डको २५ औं फिल्म ‘नो टाइम टु डाई’ को आधिकारिक फोन पार्टनर बनेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०