ट्रेन्डिङ:
लामो समयसम्म यसरी टिकाउनुहोस् आफ्नो स्मार्टफोन करेन्ट लागेर इन्टरनेट सवाप्रदायक एरोनेटका कर्मचारीको मृत्यु, आफन्त र कम्पनीबीच तनाव आफ्नो स्थानीय तहको मोबाइल एप डाउनलोड गर्नुभयो त ? फेसबुकमा यसरी बन्द गर्नुहोस् साथी बन्ने सुझाव एनसेल विवादित बन्दा टेलिकमले पायो सम्मान तातो खाना फ्रिजमा राख्दा के हुन्छ ? आईफोनपछि अब एन्ड्रोइडमा ‘एन्टी ट्रयाकिङ टुल’, विज्ञापनबाट पैसा कमाउने एपलाई धक्का पुग्ने आफ्नो स्थानीय तहको मोबाइल एप डाउनलोड गर्नुभयो त ? अब एन्ड्रोइड फोन एपबाटै कार स्टेरियोमा जोड्न सकिने मोबाइल एसएमएस तथा एमएमएसमा नयाँ पुस्ताको प्रविधि, यसरी गर्नुहोस् प्रयोग
close

लामो समयसम्म यसरी टिकाउनुहोस् आफ्नो स्मार्टफोन

टेकपाना टेकपाना

असोज १०, २०७७

लामो समयसम्म यसरी टिकाउनुहोस् आफ्नो स्मार्टफोन

काठमाडौं । माेबाइलकाे प्रयाेग कल गर्न वा टेक्स्ट गर्न मात्रै सीमित रहेन । आजकल माेबाइलमै असंख्य काम गर्न सकिन्छ । माेबाइलबिनाकाे जीवन अधुराे जस्तै बनिरहेकाे छ ।

खेल खेल्न, भिडियो कल गर्न, इन्टरनेट ब्राउज गर्न, च्याटिङ गर्नुका साथमा स्ट्रिमिङ गर्न पनि माेबाइलकाे प्रयाेग भइरहेकाे छ ।

यस्तो अवस्थामा स्मार्टफोन लामो समयसम्म टिकाउने चुनौती तपाईं हामी सबैलाई छ । स्मार्टफोन आफैंमा पनि किनिरहन सक्ने वस्तु होइन । एकपटक किनेपछि लामो समयसम्म प्रयोग गर्न सकियोस् भनेर नै हामीले महंगो रकम तिरेर मोबाइल खरिद गर्छौं ।

तर हाम्रै असावधनीका कारण स्मार्टफोन चाँडै बिग्रने खतरा हुन्छ । आज हामीलाई स्मार्टफोनको आयु बढाउने केही साधारण टिप्स दिँदै छौं ।

फाेन केस प्रयाेग गर्नुहाेस्

खरिद गर्दा सबै स्मार्टफाेन धेरै सुन्दर देखिन्छन् । तर याे निकै संवेदनशील हुन्छ र जुनसुकै बेला नाेक्सानकाे खतरामा याे पर्न सक्छ । यसर्थ यसकाे संवेदनशील भाग जाेगाइराख्न विभिन्न किसिमका फाेन केसहरू किन्न सक्नुहुन्छ ।

फाेन केस भन्नाले माेबाइलकाे सुरक्षाका लागि निर्माण गरिएका त्यस्ता एक्सेसाेरिजहरू हुन्, जसले तपाईंको फाेनलाई धुलाे, पानी आदिबाट जाेगाउँछ । यसले स्क्रिन बिग्रन दिँदैन भने ‘एक्सिडेन्टल ड्यामेज’ हुनबाट जाेगाउँछ ।

तपाईंले हजाराैं रूपैयाँ तिरेर स्मार्टफाेन खरिद गर्नुहुन्छ भने केही पैसा थपेर फाेन केस किन्न नभुल्नुहाेस् । किनकि स्क्रिनमा केही थाेपा पानी पर्दा फेरि अर्काे खर्च गरेर मर्मत गर्नुबाहेक केही विकल्प रहन्न ।

अहिले बजारमा धेरै फाेन केसहरू छन्, जसले फाेनकाे सुरक्षा मात्रै प्रदान गर्दैन, फाेनकाे लुक्समा पनि सुन्दरता बढाउँछन् ।

ब्याट्री चार्जिङमा उत्तम विधि अपनाउनुहाेस्

तपाईंको स्मार्टफोनको ब्याट्रीको आयु सधैं एकनाशको हुँदैन । समयअनुसार यसको क्षमता घट्दै जान्छ । यसकारण ब्याट्री टिकाइराख्न राम्राे विधि जान्नैपर्छ ।

यसका लागि चार्ज गर्ने उत्तम उपाय अपनाउन सकिन्छ । सबैभन्दा राम्रो उपाय भनेको माेबाइल आंशिक रुपमा चार्ज गर्ने तर पटकपटक चार्ज गर्ने बानी राम्राे हाे ।

उदाहरण को लागि तपाईंको फोनलाई पूर्ण क्षमता अर्थात् १०० प्रतिशत हुने गरी कहिल्यै पनि चार्ज नगर्नुहाेस् । फोनकाे ब्याट्री बढीमा ८० देखि ९० प्रतिशतसम्म चार्ज गर्नुहोस् र ३० प्रतिशतसम्म भन्दा कम हुन नदिनुहोस्।

धेरै चार्ज गर्दा ब्याट्रीकाे कार्य क्षमतामा ह्रास त आउँछ नै, यस्ताे चार्जबाट ग्यास निस्कन थाल्छ, जसकाे असर निकै नराम्राे घटनासम्म हुन सक्छ ।

यसकारण रातभर ब्याट्री चार्ज गर्ने बानी छ भने तुरून्त त्यागिदिनुहाेस् । यसको सट्टामा तपाईंको फोनलाई दिनमा दुई पटक चार्ज गर्नुहोस्, बिहान र साँझ । अर्काे महत्वपूर्ण कुरा भनेकाे चार्जिंङ गरिरहँदा कहिल्यै पनि फाेन नचलाउनुहाेस् ।

स्मार्टफोनमा नियमित एप अपडेट गर्नुहाेस्

याे सामान्य विधिले तपाईंको स्मार्टफोनलाई अपडेटेड रहन र कुनै पनि इस्यु (समस्या)बाट स्वतन्त्र रहन सहयाेग गर्छ । स्मार्टफाेनमा अपरेटिङ सिस्टम र थर्ड पार्टी एपहरू अपडेट गरिरहँदा डिभाइसकाे आयु बढाउन सकिन्छ ।

अपडेट हुन केही समय त लाग्छ, यसपछिका फाइदाले तपाईंको स्मार्टफाेनकाे समग्र कार्य क्षमता बढाउन सहयाेग गर्छ ।

साथै यस्ता अपडेटले स्मार्टफाेनमा रहेकाे कमजाेरी (बग) समाधान गर्नुका साथै सुरक्षा जाेखिमबाट मुक्त राख्दछ ।

त्यस्तै एप अपडेट गरिरहनाले एपकाे कार्य क्षमता पनि चुस्त हुन थाल्छ । स्मार्टफाेनमा रहेकाे ‘अटाे-अपडेट’ सेक्सन स्विच गरी स्मार्टफाेनका सबै एपहरू स्वतः अपडेटेड राख्न सकिन्छ ।

डिभाइस र पाेर्ट सफा राख्नुहाेस्

स्मार्टफाेन किन्दा निकै राम्राे र सुन्दर देखिन्छ । तर नियमित प्रयाेग गर्दै जाँदा यसकाे रूप फाेहाेर हुन जान्छ । यसकाे मुख्य कारण भनेकाे फाेनमा रहेका पाेर्ट र सर्फेसहरूमा फाेहाेर जमेर बस्नु हाे, जसले फाेनकाे कार्य क्षमतामा समस्या निम्त्याउँछ ।

बेलाबेलामा चार्जिङ पाेर्ट, स्पिकर ग्रिल, हेडफाेन ज्याक, स्क्रिन लगायत सफा गर्नुहाेस् । कतिपय अवस्थामा पहुँच गर्न नसक्ने भागहरूमा सफा गर्न गार्हाे हुन सक्छ । घरमै बसेर टुथपिक, कटन स्वाब लगायतले त्यस्ताे भागकाे फाेहार विस्तारै निकाल्न सक्नुहुन्छ ।

स्टाेरेजमा ध्यान दिनुहाेस्

यदि तपाईंको फाेन सुस्त वा स्लाे हुन थालेकाे छ भने स्टाेरेजमा गएर कति स्पेस उपलब्ध छ भनेर जाँच्न सक्नुहुन्छ । स्टाेरेजकाे क्षमता भरिएकाे वा भरिन लागेकाे छ भने केही एप, फाेटाे, भिडियाे, रेकर्डिङ र अन्य मिडिया फाइल हटाउन सक्नुहुन्छ ।

याे बेला तपाइले आफ्ना मिडिया फाइल क्लाउड, पेन ड्राइभ वा कम्प्युटरमा लोकल स्टोरेजमा सार्न सक्नुहुन्छ । फाइल डिलिट गरी फाेन रिस्टार्ट गर्नुभयाे भने पुन: यसले राम्राे पर्फमेन्स गर्न थाल्छ ।

याे पनि पढ्नुहाेस् : फोनको ब्याट्री चाँडै सकिने १० कारण, जुन तपाईंले थाहा पाइराख्न जरुरी छ