close

बिग मार्टमा ईसेवा र फोन पेबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

असोज १५, २०७७ १६:२२

बिग मार्टमा ईसेवा र फोन पेबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट

काठमाडौं । ईसेवा तथा फोन पे नेटवर्कमार्फत बिग मार्टको भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने भएको छ । डजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बिग मार्ट र ईसेवाबीच सहकार्य सुरु भएको हो ।

कोभिड १९ को महामारी सुरु भए यस किसिमको अफर दोस्रो पटक आएको हो । बीचमा सरकारले लागु गरेको निषेधाज्ञासँगै यो अफर बन्द गरिएको थियो ।

सोही अफरलाई कम्पनीले पुनः सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार यो योजना असोज महिनाभर जारी रहनेछ ।

यो अफर बिगमार्टका देशभरका ५० वटै स्टोरमा लागु हुने छ । योजनाअनुसार बिहान र बेलुका फलफुल तथा तरकारी खरिद गर्दा ईसेवा तथा मोबाइल बैंकिङ क्यूआर (क्यूआर) मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने छ ।

बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म २५ प्रतिशत छूट उपलब्ध हुनेछ भने यस्तो छुट अधिकतम तीन सय रुपैयाँसम्म पाइनेछ । कोरोनाभाइरसको महामारीका बेला सबैतिरबाट डिजिटल भुक्तानीमा प्रोत्साहन भइरहेका बेला ई–सेवा र बिगमार्टले पनि यसमा हातेमालो गरेका हुन् ।

ईसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । ईसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, शेयर कारोबारका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज तथा बसको टिकट, स्कुल कलेजको शुल्क लगायतको भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्यको रुपमा आवद्ध छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०