close

अब प्रभु बैंकबाट खल्तीमा सोझै पैसा लोड गर्न सकिने

टेकपाना टेकपाना

असोज १८, २०७७ १७:२९

अब प्रभु बैंकबाट खल्तीमा सोझै पैसा लोड गर्न सकिने

काठमाडौं । प्रभु बैंकबाट अब खल्तीमा सोझै पैसा लोड गर्न सकिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न उद्देश्यका साथ खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको हो ।

उक्त सम्झौतामा प्रभु बैंकका प्रमुख सञ्चालन अधिकृत रश्मि पन्त र खल्तीका निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका छन् । यो साझेदारी अनुसार प्रभु बैंकका देशभरका ग्राहकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवाको उपयोग गरेर खल्ती वालेटमा नगद लोड गर्न सक्नेछन् ।

खल्तीमा लोड गरिएको रकमबाट यसको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सकिनेछ । जसमा मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ, ईकमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने लगायत रहेका छन् ।

यो सहकार्यले नेपालमा डिजिटल भुक्तानीको अवधारणालाई साकार पार्न अझ बढी सहयोग पुर्‍याउने अपेक्षा प्रभु बैंक र खल्ती डिजिटल वालेटको रहेको छ । सम्झौता अनुसार बैंकले स्प्यारो पेलाई भिएम (भर्चुअल मसिन) उपलब्ध गराउने छ ।

जसबाट बैंकको अनलाइन तथा अफलाइन बैंकिङ माध्यमबाट खल्तीमा रकम लोड गर्न सकिने छ । स्प्यारोले बैंकका विभिन्न माध्यमहरू बैंक बाइन्डिग (बैंक खाता लिंक गर्ने) , ईबैंकिङ, मोबाइल बैंकिङ, बैंक स्मार्ट, बैंकिंङ चेकआउट आदानप्रदानका लागि ‘लोड खल्ती’ सेवा उपलब्ध गराउने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०