close

विश्व अर्थतन्त्रमा मोबाइल प्रविधिको योगदान ४.१ ट्रिलियन डलर

टेकपाना टेकपाना

असोज १९, २०७७ ८:२०

विश्व अर्थतन्त्रमा मोबाइल प्रविधिको योगदान ४.१ ट्रिलियन डलर

काठमाडौं । विश्वको समग्र अर्थतन्त्रमा मोबाइल प्रविधिको योगदान पाँच प्रतिशतको हाराहारीमा रहेको पाइएको छ । मोबाइल उद्योग सम्बन्धी अध्ययन गर्ने संस्था जीएसएमएले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन ‘दि मोबाइल इकोनोमी २०२०’ अनुसार सन् २०१९ मा मोबाइल प्रविधि र यससँग सम्बन्धित सेवाले विश्व अर्थतन्त्रको ४.७ प्रतिशत ओगटेको देखाएको हो ।

पछिल्ला वर्षहरुमा मोबाइल उद्योग विश्व अर्थतन्त्रको एउटा मेरुदण्ड जस्तै बनिसके छ । निरन्तर रुपमा ठूलोमात्रामा विश्व अर्थतन्त्रामा योगदान पुर्‍याइरहेको यो क्षेत्रले सन् २०१९ मा मात्रै ४.१ ट्रिलियन अमेरिकी डलरको योगदान पुर्‍याएको उल्लेख छ ।

जुन कुल अर्थतन्त्रको ४.७ प्रतिशत हो । अध्ययन प्रतिवेदनले मोबाइल क्षेत्रले विश्व अर्थतन्त्रमा पुर्‍याउने योगदान सन् २०२४ सम्ममा ४.९ प्रतिशतमा पुग्ने आँकलन गरेको छ ।

त्यसबेलासम्म मोबाइल उद्योग र सेवाको योगदान ५ ट्रिलियन डलर पुग्ने प्रक्षपण गरिएको छ । भने, सन् २०२४ देखि २०३४ सम्म फाइभजी प्रविधिले २.२ ट्रिलियन अमेरिकी डलरको योगदान गर्ने प्रक्षेपण अध्ययनले गरको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०