close

कोभिडबारे गलत जानकारी दिएको भन्दै फेसबुक र ट्वीटरले ब्लक गरे ट्रम्पको पोष्ट

टेकपाना टेकपाना

असोज २१, २०७७ २०:१६

कोभिडबारे गलत जानकारी दिएको भन्दै फेसबुक र ट्वीटरले ब्लक गरे ट्रम्पको पोष्ट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा गरेका पोस्ट ब्लक भएको छ । उनको पोस्टले कोभिड १९ बारे गलत जानकारी दिएको भन्दै फेसबुक र ट्वीटर दुवैले ब्लक गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले कोरोनाभन्दा मौसमी रुघाखोकी धेरै कडा भन्दै फेसबुक र ट्वीटरमा पोष्ट गरेका थिए । उक्त पोष्ट फेसबुकले पूर्ण रुपमा हटाएको छ भने, ट्वीटरले उक्त पोष्ट साइटको नियमभन्दा बाहिर भएको भन्दै हाइड गरेको छ ।

Hidden Trump tweet

‘उक्त ट्वीटमा कोभिडसम्बन्धि भ्रामक र हानिकारक जानकारी रहेको छ,’ ट्वीटरले भनेको छ, ‘उक्त ट्वीट सबैको चासोको विषय हो । त्यसैले उक्त ट्वीटलाई सबैको एक्सेसभन्दा बाहिर गरिएको हो ।’

कोभिड १९ को अहिलको अवस्थामा गलत जानकारीले गर्दा अवस्था झन भयाभह हुनसक्ने भन्दै सामाजिक सञ्जालहरुले छुट्टै नीति नै बनाएको छ । सोहीअनुरुप ट्वीटर र फेसबुक दुवैको कोभिडबारे अफवाह फैलाउनेप्रति नियम रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०