close

सञ्चारमन्त्री गुरुङले गरे पदबहाली, डिजिटल नेपालको परिकल्पना साकार पार्ने प्रतिबद्धता

टेकपाना टेकपाना

असोज २९, २०७७ १५:२२

सञ्चारमन्त्री गुरुङले गरे पदबहाली, डिजिटल नेपालको परिकल्पना साकार पार्ने प्रतिबद्धता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार, साइबर सुरक्षा लगायतका चार नीतिका लागि कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गर्दै पदबहाली गरेका छन् । मन्त्रालयकाे जिम्मेवारी लिँदै उने सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने गरी काम गर्ने बताए ।

उनले यो क्षेत्रमा रहेका चुनौतीलाई पछ्याउँदै अघि बढ्ने प्रतिबद्धता गरे । यसका लागि मन्त्रालय अन्तर्गतका सबै कर्मचारी र निकायकाे पूर्ण सहयोग आवश्यक हुने भनाइ राखे ।

साे अवसरमा मन्त्री गुरूङले सञ्चार र प्रविधि आफ्नो विषय नभएतापनि याे क्षेत्रलाई मर्यादित र गरिमा बढाउन पछि नहट्ने बताए ।

उनले सूचना आजको आवश्यकता भएकाले यसलाई मर्यादित र सत्यतथ्य हुनुपर्ने तर्फ जाेड दिए । उनले दूरसञ्चार सेवा अन्तर्गत लामो समयदेखि उठ्दै आएको मोबाइल सेवाको गुणस्तरकाे समस्याकाे समाधानमा पनि काम गर्ने बताए ।

साथै डिजिटल नेपालको परिकल्पना साकार पार्न आफू अग्रसर हुने भनाइ मन्त्री गुरूङले राखे ।डिजिटल नेपाल अभियान कार्यान्वयनका लागि विभिन्न समस्या रहेको भन्दै उनले सबै क्षेत्रको समस्याको समाधान खोज्दै अगाडि बढ्ने याेजना रहेकाे सुनाए ।

उनले हुलाक सेवालाई अझै व्यवस्थित बनाउँदै जाने समेत बताए ।

साे अवसरमा आफू सञ्चार प्रविधि पृष्ठभूमिबाट नभएकोतर्फ इंगित गर्दै मन्त्रालयका कर्मचारीले गलत सूचना र सन्देश नदिन आग्रह समेत उनले गरे ।

साथै उनले सय दिनभित्र आफ्नो कार्यप्रगति सार्वजनिक गर्ने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३