close

यसरी रेकर्ड गर्नुहोस् ह्वाट्सएपको कल

टेकपाना टेकपाना

कात्तिक ३, २०७७ १०:३

यसरी रेकर्ड गर्नुहोस् ह्वाट्सएपको कल

काठमाडौं । कतिपय कलमा हुने कुराकानी रेकर्ड गर्नुपर्ने अवस्था हुन्छ । तर यदि तपाईं ह्वाट्सएपको कलमा हुनुहुन्छ भने केही मुस्किल भइदिन्छ ।

तर अब तपाईंले म्यासेजिङ एप ह्वाट्सएपमा अडियो र भिडियो दुवै किसिमको कल रेकर्ड गर्न सक्नुहुनेछ । आज हामी तपाईंलाई ह्वाट्सएपको कल रेकर्ड कसरी गर्ने भन्ने बारेमा टिप्स दिँदै छौं ।

एन्ड्रोइडमा

यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने सबैभन्दा पहिले क्युब कल रेकर्डर एप डाउनलोड गर्नुहोस् ।

यो एप खोलिसकेपछि आफ्नो ह्वाट्सएपमा जानुहोस् र तपाईंले जसको कल रेकर्ड गर्नुपर्ने छ उसलाई कल गर्नुहोस् ।

कल गर्ने वित्तिकै तपाईंले क्युब कल विजेट देख्नुभयो भने यसको अर्थ तपाईंको ह्वाट्सएप कल रेकर्ड भइरहेको छ भन्ने बुझ्नुहोस् । यदि फोनमा इरर देखाइरहेको छ भने तपाईंले पुनः क्युब कल रेकर्डरलाई ओपन गर्नुपर्ने हुन्छ ।

अब एपको सेटिङमा गएर भ्वाइस कलमा फोर्स भीओआईपीमा दबाउनुहोस् ।

यति गरिसकेपछि पुनः ह्वाट्सएप कल सुरु गर्नुहोस् । यदि यस पटक पनि क्युब कल रेकर्डको विजेट देखिएन भने यो एपले तपाईंको फोनम सपोर्ट गर्दैन भनेर बुझ्नुहोस् ।

आईफोनका लागि

तपाईं आईफोन प्रयोग गर्नुहुन्छ र त्यसमा ह्वाट्सएपको कल रेकर्ड गर्न चाहनुहुन्छ भने आफ्नो आईफोनलाई लाइटनिङ केबलको माध्यमबाट आफ्नो म्याकसँग कनेक्ट गराउनुहोस् । यति गरिसकेपछि तपाईंले आफ्नो आईफोनमा ट्रस्ट दिस कम्प्युटरमा दबाउनुपर्ने हुन्छ ।

यदि म्याकसँग तपाईंको फोन कनेक्ट भएपछि क्विक टाइम खोल्नुहोस् । अब त्यसको फाइल सेक्सनमा गएर न्यु अडियो रेकर्डिङको अप्सन देखिनेछ ।

यसमा तपाईंले रेकर्ड बटनको तलतर्फ फर्केको एरोमा क्लिक गरेर आईफोनलाई छनौट गर्नुपर्ने हुन्छ । यति गरेपछि तपाईंले आफ्नो आईफोनमा ह्वाट्सएपको कल रेकर्ड गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३