close

डिजिटल भुक्तानीका लागि एससीटी र बेष्ट फाइनाइन्सबीच सहकार्य

टेकपाना टेकपाना

कात्तिक ४, २०७७ १०:५०

डिजिटल भुक्तानीका लागि एससीटी र बेष्ट फाइनाइन्सबीच सहकार्य

काठमाडाैं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र बेष्ट फाइनाइन्स लिमिटेड (बीएफएल) बीच सहकार्य सुरु भएको छ । भुक्तानी तथा फर्छ्यौटका लागि सहकार्य गर्न दुई संस्थाबीच सोमबार सम्झौता भएको हो ।

एससीटी भुक्तानी प्रणाली सञ्चालक हो भने बेस्ट फाइनाइन्स ‘ग’ वर्गको वित्तीय संस्था हो । दुई कम्पनीबीच भएको यो सहकार्यबाट मुलुकमा समग्र डिजिटल ईकोसिस्टमको विकासमा थप योगदान पुग्ने आशा लिइएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसँगको सहकार्यबाट बेष्ट फाइनाइन्स लिमिटेडले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय र भरपर्दो सुविधा प्रदान गर्ने सहजता पाउनेछ । कार्डको प्रयोगबाट ग्राहकले नेपाल र भारतका एटीएम, पोस, ईकमर्स जस्ता सेवा सजिलै लिन सक्ने छन् ।

बेष्ट फाइनाइन्स लिमिटेडको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र बेष्ट फाइनाइन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३