close

लाभाले ल्यायो थर्मोमिटरयुक्त पहिलो फोन, ब्याट्री पनि ६ दिनसम्म टिक्ने

टेकपाना टेकपाना

कात्तिक १२, २०७७ १८:४

लाभाले ल्यायो थर्मोमिटरयुक्त पहिलो फोन, ब्याट्री पनि ६ दिनसम्म टिक्ने

काठमाडौं । भारतीय मोबाइल निर्माता कम्पनी लाभाले थर्मोमिटर भएको विश्वकै पहिलो फोन सार्वजनिक गरेको छ । कम्पनीले लाभा पल्स वान नामक नयाँ फिचर फोन सार्वजनिक गरेको हो ।

यो फोनको सहयोगमा कुनै पनि सेन्सरलाई नछोएरै शरीरको तापक्रम नाप्न सकिने कम्पनीको दाबी छ । लाभा पल्स वानको टेम्प्रेचर सेन्सरबाट केही दुरीबाट हात वा निधारको नजिक लिएकै भरमा तापमान मापन गर्न सकिन्छ ।

कम्पनीले आफ्नो यो नयाँ फिचर फोन लाभा पल्स वानले थर्मोमिटरको तुलनामा शरीरको तापमान ९९.५ प्रतिशत तथा इन्फ्रारेड थर्मोमिटरको तुलनामा ९९.९ प्रतिशत सही नतिजा निकाल्ने बताएको छ । यो फोनमा १० वटा तापमान रिडिङलाई सेभ गर्न सकिने फिचर समेत रहेको छ ।

लाभा पल्स वानको मूल्य तीन हजार दुई सय रुपैयाँ रहेको छ । यो फोनलाई रोज गोल्ड कलर भेरियन्टमा खरिद गर्न सकिनेछ ।

के छ स्पेसिफिकेसन र फिचर ?

लाभा पल्स वान मिल्टी ग्रेडबाट सर्टिफाइड छ । यसमा २.४ इन्चको डिस्प्ले रहेको छ । यस बाहेक फोनमा टर्च, क्यामेरा र ३२ जीबीसम्म विस्तार गर्न सकिने मेमोरी रहेको छ ।

१८०० एमएएच क्षमताको ब्याट्री राखिएको यो फोनमा सुपर सेभिङ मोड समेत रहेको छ । जुन ६ दिनसम्म टिक्ने गर्दछ ।

फोनमा एक वर्षको रिप्लेसमेन्ट वारेन्टी समेत दिइनेछ । लाभा पल्समा वायरलेस रेडियो, डुअल सिम, कन्टेन्टका लागि फोटो आइकन र अंग्रेजी तथा हिन्दी सहित सात वटा भाषाको सपोर्ट समेत दिइएको छ ।

लाभा इन्टरनेसनलका प्रडक्ट हेड तेजिन्दर सिँहले पल्स सिरिज फिचर फोन प्रयोगकर्ताको स्वास्थ्य हेरचाहलाई ध्यानमा राख्दै सार्वजनिक गरिएको बताए ।

‘हाम्रो पहिलो पल्स फोन ब्लड प्रेसर बताउन सक्षम छ,’ उनले भनेका छन्, ‘अब हामीले एक कदम अगाडि बढाउँदै लाभा पल्स वान पेश गरेका छौं ।’

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०