close

लिंकडिनले सार्वजनिक गर्‍यो क्यारियर एक्सप्लोरर, अब जागिर खोज्नेलाई सहज हुने

टेकपाना टेकपाना

कात्तिक १४, २०७७ ११:२२

लिंकडिनले सार्वजनिक गर्‍यो क्यारियर एक्सप्लोरर, अब जागिर खोज्नेलाई सहज हुने

काठमाडौं । पेशाकर्मीहरुको मूख्य सामाजिक सञ्जाल लिंकडिनले कामको खोजीमा रहेका व्यक्तिहरुका लागि सहज हुने नयाँ फिचर क्यारियर एक्सप्लोरर सार्वजनिक गरेको छ । यो टुलको सहयोगमा रोजगारी खोज्न सहज हुनेछ ।

लिंकडिनले करियर एक्सप्लोररसँगै हायरिङ प्रोफाइल फोटो फ्रेम समेत ल्याएको छ । यो फ्रेमको सहयोगमा आवश्यक व्यक्तिहरु खोज्न सहज हुनेछ ।

कसरी काम गर्छ करियर एक्सप्लोरर ?

यसको नामबाटै स्पष्ट छ, एक्सप्लोरर अर्थात विस्तार । यसबाट तपाईंले विद्यमान पेशा बाहेकका अन्य पेशाको रोजगारी समेत खोज्न सक्नुहुनेछ ।

यो फिचरको सहयोगमा तपाईंलाई नयाँ रोजगारीका लागि सुझाव प्राप्त हुनेछ । साथै वैकल्पिक रोजगारीको बारेमा पनि जानकारी मिल्नेछ ।

उदाहरणको रुपमा भन्दा एक्सप्लोरर टूलले तपाईंलाई अकाउन्ट म्यानेजरका साथै फाइनाइन्स अफिसर समेत बन्न सक्नुहुनेछ । कम्पनीका अनुसार कोरोनाका कारण यात्रा, रिटेल तथा कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरु अर्को क्षेत्रमा रोजगारी खोजिरहेका छन् ।

लिंकडिनको करियर एक्सप्लोरर टूलको बेटा भर्सन विश्वव्यापी रुपमा रहेका प्रयोगकर्ताका लागि सार्वजनिक हुँदैछ । जुन हाललाई अंग्रेजीमा रहेको छ । आउँदो समयमा यसमा अन्य धेरै अपडेट तथा परिवर्तनको समेत आशा गरिएको छ ।

हायरिङ फ्रेम

यदि कसैलाई कर्मचारीको आवश्यकता छ भने उसले हायरिङ फ्रेमलाई आफ्नो प्रोफाइलमा राख्न सक्नेछ । यसबाट प्रयोगकर्तालाई प्रोफाइल हेरेकै भरमा कुनै कम्पनीमा रोजगारीको अवसर रहेको बारेमा थाहा हुनेछ ।

हायरिङ फ्रेममा #Hiring देखिनेछ । लिंकडिनका अनुसार तपाईंको प्रफाइलमा कम से कम पाँच वटा सीप छन् भने तपाईंलाई रोजगारी प्राप्त हुने संभावना २७ गुणा बढी हुन्छ । कम्पनीले हालै मात्र एक सय वटा नयाँ सीपलाई जोडेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०