close

सबैतिर समान वाईफाई कभरेज दिने ‘मेश’ नेटवर्कबारे जान्नैपर्ने कुरा

टेकपाना टेकपाना

कात्तिक २४, २०७७ १७:२१

सबैतिर समान वाईफाई कभरेज दिने ‘मेश’ नेटवर्कबारे जान्नैपर्ने कुरा

काठमाडौं । यदि तपाईंको कम्प्युटर वा अन्य डिभाइस वाईफाई नेटवर्कसँग कनेक्ट हुँदैन भने मेस वाईफाई सिस्टम उपयुक्त समाधान हुन सक्छ । तर याे वाईफाई सिस्टमबारे धेरैलाई थाहा नहुन सक्छ । आज हामी मेस वाईफाई सिस्टम के हो र यो अन्य साधारण सिस्टमभन्दा कसरी फरक छ भन्ने कुरा बताउँदै छौं ।

मेस नेटवर्कले परम्परागत वाईफाईका धेरै समस्यालाई समाधान गर्दछ । परम्परागत वायरलेस नेटवर्कमा तपाईंको घरभरी रहेका डिभाइस र मोडेमबीच वायरलेस सिग्नल ब्रोडकास्ट गर्ने राउटर मात्र एक्लो लिङ्क हो ।

तब डिभाइस राउटरबाट जति टाढा हुन्छ, कनेक्सनमा पनि त्यति नै धेरै गडबडी र गुणस्तरीयता खस्किने समस्या देखापर्दछ । यसरी परम्परागत वाईफाई सिस्टममा एउटा राउटर वा एक्सेस पोइन्टमा निर्भर भइन्छ भने मेस वाईफाई सिस्टमले तपाईंलाई धेरैवटा एक्सेस पोइन्ट प्रदान गर्दछ ।

जब एउटा एक्सेस पोइन्ट मोडेमको नजिक हुन्छ र गेटवेले जसरी काम गर्छ, तब अर्को एक्सेस पोइन्टले एक आपसमा सिग्नललाई रिब्रोडकास्ट गर्दछ ।

यस्तो वाईफाई कभरेजले परम्परागत वाईफाईमा देखिने कनेक्सनको समस्यालाई समाधान गर्न मद्दत गर्दछ । यसले एक्सेसको प्रत्याभूति दिन्छ र तपाईंको वायलेस सिग्नललाई बलियो बनाउँछ ।

मेस नेटवर्कले कसरी काम गर्छ ?

सामान्य वाईफाई नेटवर्कमा परम्परागत राउटर हुन्छ, जुन तपाईंको घरमा इन्टरनेट कनेक्सन ल्याउने डिभाइस मोडेमसँग कनेक्ट हुन्छ । यति भइसकेपछि तपाईंको राउटरले सकेसम्म धेरै वायरलेस सिग्नल ब्रोडकास्ट गर्दछ ।

तर कहिलेकाहिँ त्यो पर्याप्त हुँदैन । यदि तपाईंको घर ठूलो छ भने सिग्नल सबै कोठा र छिडीँहरुमा पुग्न सक्दैन । वा सिग्नल नै गडबड भइदिन सक्छ । यदि तपाईंको वाईफाई सिग्नललाई ब्लक गर्ने कुनै कंक्रिटको भित्ता वा संरचना छ भने त्यस बखत नेटवर्क नपुग्ने ठाउँ ‘डेड जोन’ बन्न सक्छ ।

मेस वाईफाई सिस्टममा दूरी वा दिशाले कुनै पनि अवरोध उत्पन्न गर्न सक्दैन । यसैले यस्ता कुराबाट तपाईंको वाईफाई कभरेज प्रभावित हुँदैन । अझ मेस नेटवर्कले त धेरै नोडहरु प्रयोग गर्दछ । जसले भू-उपग्रह जस्तै काम गरेर एकअर्कोसँग सञ्चारलाई सफल बनाउँछ ।

के तपाईंलाई मेस वाईफाई नेटवर्क आवश्यक छ त ?

यदि तपाईंको घर एक तल्लाको साधारण छ र मोटा मोटा पर्खाल छैनन् भने परम्परागत वाईफाईले राम्रै काम गर्न सक्छ । तर वाईफाई ‘डेड जोन’ देखा पर्ने ठाउँहरु छन् ।

राउटरलाई जतिसुकै रिसेट गरे पनि, जतासुकै राम्रो लोकेसनमा सारे पनि काम गर्न सक्दैन भने मेस नेटवर्कको बन्दोबस्त गर्नुहोस् । विशेषगरी ठूलो घर, डेड जोन, संरचनात्मक अवरोध, अप्ठ्यारो आकारको घर भएको अवस्थामा तपाईंले मेस वाईफाई नेटवर्कको विकल्प अपनाउन सक्नुहुन्छ ।

मेस वाईफाई नेटवर्कका निम्न ६ फाइदा

वाईफाई नेटवर्कको कभरेज बढाउन बाहेक पनि यसका धेरै फाइदाहरु छन्, जसले गर्दा यो वाईफाई नेटवर्क धेरैका लागि आकर्षक प्याकेज हो । यसले तपाईंलाई धेरै कन्ट्रोल दिनुका साथै सुरक्षा पनि बढाउँछ ।

१. तपाईंको हातमा नियन्त्रण
मेस नेटवर्कलाई व्यवस्थापन गर्न एउटा स्मार्टफोन एप हुन्छ यसले नेटवर्क सेटअप प्रक्रियादेखि पासवर्ड बनाउने, डेटा स्पिड चेक गर्ने, नेटवर्क समस्या हेर्न र नेटवर्कमा नियन्त्रण गर्ने सुविधा दिन्छ ।

२. अटोमेटिक अपडेट
यसले तपाईको कम्प्युटर तथा स्मार्टफोनको सफ्टवेयरलाई अटोमेटिक अपडेट गरिदिन्छ । यसले डिभाइसलाई नयाँ सुरक्षा कमजोरीबाट बचाउन मद्दत समेत गर्दछ । राउटर पनि आफै अपडेट हुन्छ ।

३. डिभाइसको सुरक्षा पनि बढ्छ
कुनै कुनै मेस सिस्टम सेवा प्रदायकले तपाईंको राउटर, वाईफाई नेटवर्क र डिभाइसलाई सुरक्षा खतराबाट बचाउने काम पनि गर्छ तर यसका लागि उसले सब्सक्रिप्सन शूल्क लिन्छ । यस्ता खतरा माल्वेयर, भाइरस, ह्याकर जोसुकै बाट आउन सक्छ ।

४. सेटअप र प्रयोग गर्न सजिलो
मेस वाईफाई सिस्टम सेटअप र प्रयोग गर्न सजिलो छ । यसका लागि तपाईंले परम्परागत वाईफाईमा जसरी एडमिन पेजबाट नभएर एपबाट सबै काम गर्नु पर्दछ । यसका लागि तपाईं प्राविधिक वा विज्ञ पनि हुन जरुरी छैन ।

५. बलियो सिग्नल र तीव्र इन्टरनेट गति
यसले तपाईंलाई बलियो वायलेस सिग्नल दिन्छ र यसको गति पनि एकदमै छिटो हुन्छ । किनभने यसको नेडहरु एकअर्कोसँग नजिक हुन आवश्यक हुँदैन र यो एउटै एक्सेस पोइन्टमा पनि निर्भर हुँदैन । नोड भू-उपग्रह जस्तै हुन्छ, जसले सबै डिभाइसमा वाईफाई कभरेज बढाउँछ ।

६. नेटवर्क प्राथमिकता बनाउने सुविधा दिन्छ
यदि तपाईंको घरमा धेरैजना परिवार सदस्य छन् र डिभाइस पनि धेरै छन् भने तपाईंले नेटवर्क प्राथमकिताका लागि संघर्ष गर्नुपर्ने हुन्छ । तर मेसमा यो सजिलो छ किनभने यसबाट कतिपाय कम महत्वका डिभाइसमा एक्सेस बिच्छेद गर्न सकिन्छ एउटा बटम सारेको भरमा ।

कति महंगो छ त मेस नेटवर्क ?

मेस नेटवर्कको शूल्क सबैको चासोको विषय हो । यसको पनि रेन्ज हुन्छ । जसमा अन्तर्राष्ट्रिय बजारमा लिङ्कियस भेलोप ३४९ डलरसम्म पर्छन् भने अर्कोतिर गुगल वाईफाई ९७ डलरमै उपलब्ध हुन्छ ।

धेरै तत्वहरुले यसको मूल्यलाई फरक पार्दछ । जस्तै होम सेटअप, नोडको संख्या, डिभाइसको संख्या, प्रयोगकर्ताका किसिम, डिजाइन, सुरक्षा विशेषता र वार्ड ल्यान पोर्टको संख्या ।

यसैले मूल्यको हिसाबले पनि यदि तपाईं मेस वाईफाई सिस्टम प्रयोग गर्न चाहनुहुन्छ भने मल्टी नोड मेस सिस्टम एकदमै राम्रो उपाय हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०