close

ट्राफिक जरिवाना अब अनलाइनबाटै तिर्न सकिने

टेकपाना टेकपाना

मंसिर ९, २०७७ ८:१३

ट्राफिक जरिवाना अब अनलाइनबाटै तिर्न सकिने

काठमाडौैं । अब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने भएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइनबाटै जरिवाना तिर्न सकिने गरी नयाँ सफ्टवेयर ल्याएकाे छ । केही सातािभत्रै याे सफ्टवेयर प्रयाेगमा ल्याइने तयारीमा महाशाखा जुटेकाे छ ।

याे सफ्टवेयरको नाम टीभीआरएस (ट्राफिक भायाेलेन्स रेकर्ड सिस्टम) राखिएको छ । तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणाली सफ्टवेयर अन्तर्गत समावेश गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा गर्न सकिने जनाइएकाे छ ।

याे प्रणालीकाे सुरूवातसँगै घरमै बसी ताेकिएकाे ट्राफिक जरिवाना तिर्न सकिन्छ । यसले अनावश्यक भीडकाे समस्या अन्त्य गर्दै सेवाग्राहीलाई लाभ पुग्ने विश्वास महाशाखाकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०