close

यी हुन् नेपालका ५ ठूला इन्टरनेट कम्पनी, कसको बजार कति ?

टेकपाना टेकपाना

मंसिर ११, २०७७ १६:९

यी हुन् नेपालका ५ ठूला इन्टरनेट कम्पनी, कसको बजार कति ?

काठमाडौं । पछिल्ला केही वर्षमा नेपालको सहरी क्षेत्रमा इन्टरनेट सेवा विस्तारसँगै प्रतिस्पर्धा समेत बढ्दै गएको छ । १२५ वटा इन्टरनेट सेवाप्रदायकको लाइसेन्स जारी भए पनि ४० वटा मात्रै सञ्चालनमा रहेको देखिन्छ ।

जसले वायरलेस, एडीएसएल तथा केबल र फाइबर प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध गराइरहेका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार हालसम्म देशभर १२ लाख ३४ हजार २८९ घरमा ब्रोडब्याण्ड इन्टरनेट पुगेको छ ।

औसत प्रति घरपरिवार संख्याको आधारमा यसबाट ६० लाख २४ हजार ४९७ प्रयोगकर्ताले तीब्र गतिको फिक्स लाइन इन्टरनेट प्रयोग गरिरहेका छन् । जसमध्ये करिब ८५ प्रतिशत बजार भने ठूला पाँच सेवाप्रदायकले ओगटेका छन् ।

यसमा निजी इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क सबैभन्दा अगाडि छ । प्राधिकरणको तथ्याङ्क अनुसार वर्ल्डलिङ्कको इन्टरनेट चार लाख चार हजार ५४७ स्थानमा जडान भएको छ ।

फिक्स लाइन इन्टरनेटको बजार हिस्साः श्रोत नेपाल दूरसञ्चार प्राधिकरण

वर्ल्डलिङ्कपछि सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम रहेको छ । टेलिकमले को एडीएसएल, एफटीटीएच तथा केबल र लिजलाइनमार्फत इन्टरनेट जडान गर्ने सब्सक्राइबरको संख्या दुई लाख ५६ हजार ५६० रहेको छ ।

यस्तै निजी इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु तेस्रो स्थानमा रहेको छ । कम्पनीका देशभर एक लाख ५३ हजार ३८९ ग्राहक रहेका छन् ।

त्यसपछि चौथो र पाँचौं ठूला सेवाप्रदायकको रुपमा भायनेट र क्लासिक टेक रहेका छन् । उनीहरुको ग्राहक संख्या क्रमशः एक लाख १७ हजार २५३ र एक लाख १३ हजार २५० छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०