close

बेलुनमार्फत दूरदराजमा यसरी इन्टरनेट पुर्‍याइरहेको छ गुगल

टेकपाना टेकपाना

पुस २, २०७७ १२:३४

बेलुनमार्फत दूरदराजमा यसरी इन्टरनेट पुर्‍याइरहेको छ गुगल

काठमाडौं । विश्वका दुरदराज इलाकामा इन्टरनेट कनेक्टिभिटी पुर्‍याउनका लागि गुगलले लून नामक परियोजना सञ्चालन गरिरहेको छ । हिलियमबाट भरिएका गुब्बारा प्रयोग भइरहेको यो परियोजनाबाट कम्पनीले केन्याका ग्रामीण तथा विकट स्थानमा इन्टरनेट पुर्‍याइरहेको छ ।

गुगलको सहायक कम्पनीले अक्टुबरमा दिएको जानकारी अनुसार लुन प्रोजेक्टका गुब्बाराले ३१२ दिन अर्थात करिब एक वर्षसम्म स्टेटोस्फेरिक उडानको नयाँ रेकर्ड बनाएको थियो । यस दौरान यी बेलुनमार्फत करिब दुई लाख १० हजार किलोमिटरको दुरी समेत तय गरेका थिए ।

लुनका कार्यकारीले नेचर अखबारमार्फत यी हिलियमका गुब्बारा एक वर्षसम्म हावामा तैरिन कसरी सम्भव भयो भन्ने कुरा उल्लेख गरेका छन् ।

इन्टरनेटका लागि यसरी प्रयोग भइरहेका छन् बेलुन

बेलुनमा उच्च चापमा हिलियम ग्याँस भरिन्छ । जसले गर्दा यी बेलुनलाई निकै माथि आकामा लैजान सकिन्छ । हावामा बेलुन निश्चित उचाईसम्म आएर अडिन्छन् ।

दबाव कम हुँदा बेलुनहरु निश्चित उचाईमा हावामै झुण्डिएर बस्छन् । हिलियम ग्याँस भरिएका हरेक गुब्बाराबाट प्राप्त हुने सिग्नल जमिनमा ५० किलोमिटरको ब्यास अर्थात वरपरसम्म पहुँच बनाउन सक्छ ।

लुनका मुख्य प्राध्यौगिक अधिकृत साल क्यान्डिडोका अनुसार गुब्बाराले हावाको अनुकुल प्रवाह समात्नका लागि माथि वा तल नेभिगेट हुने गर्दछन् । यी गुब्बाराहरु कहिले तल आउने वा माथि जाने भन्ने कुराका लागि कुनै म्यानुअल नियन्त्रण भने हुँदैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४