close

प्रभावकारी बन्दै ट्राफिक भर्चुअल कक्षा

टेकपाना टेकपाना

पुस ११, २०७७ ७:५२

प्रभावकारी बन्दै ट्राफिक भर्चुअल कक्षा

काठमाडौं । ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि रोकिएको कक्षा ‘भर्चुअल’मार्फत सञ्चालन गरेपछि प्रभावकारी बन्दै गएको हो ।

लामो समयदेखि बग्गीखानामा लिइँदै आएको ट्राफिक सचेतनाकक्षा कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द भएको थियो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई मङ्सिर १६ देखि शुरु गरिएको ट्राफिक भर्चुअल कक्षामा तीन हजार ६८९ विद्यार्थीले ट्राफिक सचेतना कक्षा लिएको बताउँछन् ।

“महाशाखामा सचेतना कक्षा सञ्चालन गर्दा कोभिड–१९ को जोखिम बढ्ने खतरा भएकाले भर्चुअलमार्फत सचेतना कक्षा सञ्चालन गरेका हौँ”, उनी भन्छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक, लेन अनुशासन उल्लङ्घन गर्ने, रातो बत्तीमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनका लागि कक्षा लिँदै आएको छ । -रासस

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०