close

गुगल क्लकमा भेटियो बग, अलार्म नबज्दा हजारौं मानिस सुतेको सुत्यै !

टेकपाना टेकपाना

भदौ २०, २०७८ १६:४०

गुगल क्लकमा भेटियो बग, अलार्म नबज्दा हजारौं मानिस सुतेको सुत्यै !

काठमाडौं । हामी धेरैलाई बिहान उठ्नका लागि घडीमा अलार्म लगाउनुपर्ने बानी छ । पछिल्लो सयम घडी छाडेर मोबाइल क्लकमा उपलब्ध अलार्म फिचर प्रयोग भइरहेको छ । ताकि समयमा उठेर कार्यालय पुग्ने, अथवा आफ्ना निर्धारित काम सम्पन्न गर्न सकियोस् ।

घडीमा बज्ने अलार्मकाे आवाजसँग उठ्नेहरूका लागि कुनै दिन बिहान घण्टी नबजेको खण्डमा सुतेको सुत्यै हुने समस्या पनि हुनसक्छ ।

त्यो हुँदा कार्यालय पुग्न ढिला हुने, काम सम्पन्न नहुने जस्ता धेरै समस्या आइपर्न सक्छ । त्यस्तै समस्या पछिल्लो एक हप्तामा हजारौं प्रयोगकर्ताले भोगेका छन् ।

गुगलले एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि फोनमा ईन-बिल्ट गुगल वाच एप उपलब्ध गराउँदै आएको छ । उक्त एपमा प्रयोगकर्ताले राखेको अलार्म नबज्ने समस्या देखिएकाे छ ।

यो बग ठूलो मात्रामा फैलिएको जनाइएको छ । किनभने विभिन्न देशका प्रयोगकर्ताले यो बगको विषयमा उजुरी गरेका छन् ।

बगको विषयमा गुगल क्लक एपमा सुरु भएको ‘वान रेटिङ’ अभियानबाट बाहिर आएको हो ।

जहाँ प्रयोगकर्ताले सेट गरेको क्लक बन्द गर्दा पनि बन्द नहुने र सेट भएको समयमा बज्दा पनि नबज्ने समस्या रहेको बताएका छन् ।

विशेषगरी पिक्सेल, वानप्लस, ओप्पोलगायतका डिभाइसका प्रयोगकर्ताले यो खालको समस्या भोगिरहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३