ट्रेन्डिङ:
सौर्य आँधीका कारण महिनौंसम्म इन्टरनेट बन्द हुन सक्ने दशैंमा विदेशबाट आउँदा मोबाइल ल्याउनुभयो ? यस्तो छ एमडीएमएसमा दर्ता गर्ने तरिका जिमेलका उपयोगी १० टिप्स, जसले अन्त्य गर्नेछ तपाईंको झन्झट नेपाली टिम हाइ भोल्टेज बन्यो पब्जी मोबाइल प्रो लिग साउथ एसिया फलको विजेता ड्राइभर अपडेट नहुँदा पनि स्लो हुन्छ इन्टरनेट, कसरी गर्ने समाधान ? भेदभावविरुद्द सामाजिक सञ्जाल बहिस्कार गर्दै इङ्गलिस फुटबल ललितपुरको ग्वार्कोमा अब क्यूआर कोड स्क्यान गरी तरकारी किन्न सकिने तपाईँको जीमेलमा ईमेल नआउने समस्या छ ? यसो गर्नुहोस् बिना पासवर्ड पैसा तिर्ने प्रविधि पब्जी, फ्रिफायरजस्ता प्रतियोगिता आयोजना गर्न काठमाडौं महानगरको १ करोड बजेट
close

सौर्य आँधीका कारण महिनौंसम्म इन्टरनेट बन्द हुन सक्ने

टेकपाना टेकपाना

भदौ २३, २०७८

सौर्य आँधीका कारण महिनौंसम्म इन्टरनेट बन्द हुन सक्ने

काठमाडौं । लामो समयदेखि अनुसन्धानकर्ताहरूले ठूलो सौर्य आँधी आए पृथ्वीमा रहेका विद्युतीय प्रविधिमा असर पर्न सक्ने बताउँदै आएका छन् ।

यसैबीच सौर्य आँधीकै विषयमा नयाँ अध्ययन सार्वजनिक भएको छ, जसले कतिपय महादीपमा महिनौंसम्म इन्टरनेट बन्द हुनसक्ने बताएको छ ।

सय वर्षमा एकपटक आउने यस्ताे सौर्य आँधीले महिनौंसम्म इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने निष्कर्ष साे अध्ययनले निकालेको हाे ।

गत महिनामा सिगकम २०२१ कन्फ्रेन्स आयोजना भएको थियो । उक्त कन्फ्रेन्समा युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्रोफेसर संगीता अब्दु ज्योतिले उक्त अध्ययन प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

साे क्रममा उनले हाल समुन्द्र सतहमुनी बिछ्याइएका केबलको अवस्था नाजुक रहेकाले सौर्य आँधीको असर त्यसमा पर्नसक्ने बताइन् ।

‘यसको प्रभाव अन्य महादीपमा पनि पर्नेछ,’ उनले भनिन्, ‘किनभने त्यही समुन्द्र सतहमुनी बिछ्याइएका केबलमार्फत धेरै महादीप इन्टरनेटसँग जोडिएका छन् ।

उनले अगाडि भनिन्, ‘कोभिड-१९ को महामारीका लागि विश्व कति पनि तयार थिएन भन्ने देखिएको छ । त्यस्तै ठूलो सौर्य आँधीका लागि पनि हामी तयार छैनौं । हाम्रो पूर्वाधार पनि त्यो अनुसार तयार छैन ।’

अध्ययनका अनुसार समुन्द्र सतहमुनी बिछ्याइएका झण्डै ५० देखि एक सय ५० किलोमिटर फाइबर अप्टिक केबलमा सौर्य आँधीले असर पार्नेछ । जसबाट ठूलो संख्यामा इन्टरनेट प्रयोगकर्ता प्रभावित हुनसक्ने अनुमान गरिएकाे छ ।

-एजेन्सी