close

बालबालिकाले अब दिनमा ४० मिनेटमात्रै टिकटक चलाउन पाउने !

टेकपाना टेकपाना

असोज ४, २०७८ १८:५८

बालबालिकाले अब दिनमा ४० मिनेटमात्रै टिकटक चलाउन पाउने !

काठमाडौं । सामाजिक सञ्जाल टिकटकले ‘युथ मोड’ सार्वजनिक गर्दै बालबालिकालाई टिकटकमा नियन्त्रण गर्न सुरु गरेको छ ।

याे फिचरमार्फत टिकटककाे अभिभावक कम्पनी बाइटड्यान्सले बालबालिकालाई दिनमा ४० मिनेटभन्दा बढी टिकटकमा बिताउन नमिल्ने व्यवस्था गरेको हो ।

कम्पनीले शनिबारदेखि टिकटककाे चिनियाँ संस्करणबाट यसको सुरुवात गरेको छ । योसँगै चीनमा १४ वर्षभन्दा कम उमेर भएका टिकटक प्रयोगकर्ताले दिनमा ४० मिनेटभन्दा बढी टिकटकमा बिताउन पाउने छैनन् ।

यस्ता प्रयोगकर्ताले रातको १० बजेदेखि विहान ६ बजेसम्म टिकटक हेर्नसमेत नपाउने बनाइएको छ ।

साथै कम्पनीले अभिभावकलाई आफ्ना बालबालिकाको टिकटक अकाउन्ट बनाउँदा आधिकारिक विवरण प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

त्यो भएको खण्डमा कम्पनी आफैंले प्रयोगकर्ताको उमेरका आधारमा उक्त फिचर ‘अन’ गरिदिने उल्लेख छ । यदि त्यो सम्भव नभएको खण्डमा अभिभावक आफैंले पनि यो फिचर एक्टिभेट गर्नसक्ने जनाइएको छ ।

यसका साथै कम्पनीले त्यस्ता बालबालिकालाई लक्षित गरेर विज्ञान, म्युजियमसँग सम्बन्धित कन्टेन्ट उपलब्ध गराउने भएको छ ।

पहिलो चरणमा चीनबाट सुरु भएको यो फिचर विस्तारै अन्य मुलुकमा पनि उपलब्ध गराउने कम्पनीकाे याेजना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१