close

१०० एमबीपीएस गतिको नयाँ इन्टरनेट प्याकेज ल्याउँदै वर्ल्डलिङ्क

टेकपाना टेकपाना

असोज ८, २०७८ १४:१६

१०० एमबीपीएस गतिको नयाँ इन्टरनेट प्याकेज ल्याउँदै वर्ल्डलिङ्क

काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले १०० एमबीपीएस गतिको नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गर्ने भएको छ । हालै मात्र मेश वाई-फाईसँगै ३०० एमबीपीएस गतिसम्मको इन्टरनेट प्याकेज ल्याएको कम्पनीले अर्को नयाँ प्याकेज थप गर्न लागेको हो ।

कम्पनी स्रोतका अनुसार दशैँ अगाडि नै नेटटिभी सहितको आकर्षक नयाँ प्याकेज ल्याउन लागिएको  जनाएको छ । हाल वर्ल्डलिङ्कले घरायसी प्रयोजनका लागि ३०० एमबीपीएस गतिको मेश वाईफाईसँगै २० एमबीपीएस, ३० एमबीपीएस, ४० एमबीपीएस, ५० एमबीपीएस, ६० एमबीपीएस र ८० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ ।

नयाँ आउने १०० एमबीपीएस गतिको इन्टरनेट प्याकेजको मूल्य सार्वजनिक नभए पनि कम्पनी स्रोतले तुलनात्मक रुपमा सस्तो हुने जनाएको छ । हाल कम्पनीको ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेजको मूल्य वार्षिक २२००० रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१