close

एप्पल पे र भिसा कार्डको कमजोरीले खाताबाट पैसा गुमाउँदै प्रयोगकर्ता

टेकपाना टेकपाना

असोज १५, २०७८ १२:३७

एप्पल पे र भिसा कार्डको कमजोरीले खाताबाट पैसा गुमाउँदै  प्रयोगकर्ता

काठमाडौं । आईफोनमा भएको कमजोरीका कारण ह्याकरले  प्रयोगकर्ताको पासकोड बिनै भुक्तानी गर्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। एप्पल पेमा भिसा कार्डको पिन प्रयोग गरि कारोबार गर्दा ह्याकरले भिसा कार्ड जानकारी सहजै पत्ता लगाउन सक्ने जनाएका छन् ।

जसका कारण ह्याकरले प्रयोगकर्ताको बैंक अकाउन्टबाट चाहे जति रकम प्रयोग गर्नसक्ने बताइएको छ । अनुसन्धानकर्ताहरूका अनुसार ह्ययाकरले एउटा सामान्य रेडियो उपकरण प्रयोग गरेर आईफोनमा हुने सिग्नलहरूमा हस्तक्षेप गरि कारोबार गर्नका लागि प्रयोग गर्नसक्छ ।

बेलायतको बर्मिङ्घम र सर्रे विश्वविद्यालयका विज्ञहरूले एउटा लक भएको आईफोनबाट हजार युरो पेमेन्ट गरेको भिडिओ सार्वजनिक गरेको थियो । उनीहरूले एप्पल पे र भिसा सिस्टममा देखिएको कमजोरीका कारण यो सम्भव भएको बताएका छन् ।

यद्यपि यो समस्या आईफोनमा मास्टरकार्ड प्रयोग गर्दा अथवा सामसङ पेमा भिसा कार्ड प्रयोग गर्दा भने नभएको समेत जनाइएको छ । प्रयोगकर्ताको सहजताको लागि बनाइएको अनलाइन पेमेन्ट सिस्टमले प्रयोगकर्तालाई नै आर्थिक समस्या सिर्जना गर्ने काम भएको विज्ञहरूले भनाई छ ।

विज्ञहरूका अनुसार यो कमजोरीको लागि एप्पल र भिसा एक अर्कालाई दोष लगाइरहेका छन् र दुवै कम्पनी यो समस्याको जिम्मेवारी लिन पनि चाहिरहेका छैनन् । एप्पल पेमा भिसा कार्डको ‘एक्सप्रेस ट्रान्जिट मोड’ सेट अप गर्दा यो समस्या देखा परेको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५