close

सुधारियो ह्वाट्सएपको म्यासेज आफैँ हराउने फिचर

टेकपाना टेकपाना

असोज १८, २०७८ २१:३१

सुधारियो ह्वाट्सएपको म्यासेज आफैँ हराउने फिचर

काठमाडौं । म्यासेजिङ एप ‘ह्वाट्सएपले ‘डिसएपियरिङ’ म्यासेज अर्थात् म्यासेज आफैँ हराउने फिचरमा थप सुधार गरेको छ । योसँगै अब कसैले पठाएको म्यासेज कति सयमा पश्चात् आफै हराउने प्रयोगकर्ता आफैँले निर्धारण गर्न सक्ने भएका छन् ।

यो फिचर पहिलो चरणमा आईओएसमा ह्वाट्सएपको बेटा प्रयोगकर्तालाई मात्रै उपलब्ध भएको छ । कम्पनीले ‘न्यु ड्युरेशन एन्ड डटिफल् टाइमर’ को रूपमा नयाँ फिचर थप गरेको हो ।

जसमार्फत डिसएपियरिङ म्यासेजलाई थप प्रभावकारी रूपमा व्यवस्थित गर्न सकिने कम्पनीले जनाएको छ ।

यस अघिसम्म ह्वाट्सएपमा सात दिनपछि म्यासेज हराउने गरी सेट गर्न सकिने विकल्प थियो । तर, अब भने प्रयोगकर्ताले आफूले चाहेअनुसार समय मिलाउन सक्ने जनाइएको छ । जसमा डिफल्टको रूपमा २४ घण्टा, सात दिन अथवा ९० दिनको विकल्प उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५