close

विन्डोज इलेभेनमा सुरु भएन एन्ड्रोइड एप सपोर्ट फिचर ? यसरी खेलौं गेम

टेकपाना टेकपाना

असोज २४, २०७८ १९:६

विन्डोज इलेभेनमा सुरु भएन एन्ड्रोइड एप सपोर्ट फिचर ? यसरी खेलौं गेम

काठमाडौं । विन्डोज इलेभेनमा एन्ड्रोइड एप सपोर्ट फिचर हुने भनिए पनि हालसम्म यो फिचर सुरु भएको छैन । विन्डोज टेनबाट विन्डोज इलेभेनमा अपग्रेड भएका धेरै प्रयोगकर्ताले यसको खोजी गरिरहेका छन् ।

तर, माइक्रोसफ्टले एन्ड्रोइड एप सपोर्ट फिचर सुरु नगरेसम्म कम्प्युटरमा एन्ड्रोइड गेम खेल्ने बानी परेकाहरूले थर्ड पार्टी एपको सहारा लिनुको विकल्प छैन । एन्ड्रोइड मोबाइलमा खेल्ने गरिएको गेम विन्डोज इलेभेनमा खेल्नको लागि कुन कुन थर्ड पार्टी टुल उपयोगी छन् त ? 

१‍. ब्लुस्ट्याक

ब्ल्युस्ट्याक डेस्कटपको लागि सबैभन्दा चर्चित एन्ड्रोइड इमुलेटर हो । एन्ड्रोइडका एप वा गेम डेस्कटपमा प्रयोग गर्न चाहनेको लागि यो धेरै चर्चित छ । विन्डोजमा ब्ल्युस्ट्याक डाउनलोड गरी तपाईंले एन्ड्रोइडका अधिकांश गेम र एपहरु डेस्कटपबाट प्रयोग गर्न सक्नुहुन्छ ।

२. नोक्सप्लेयर

ब्ल्युस्ट्याक प्रयोगकर्ताको लागि नोक्सप्लेयर प्रयोग गर्न पनि गाह्रो हुन्न । ब्ल्युट्याकसँग चित्त नबुझ्ने प्रयोगकर्ताको लागि नोक्सप्लेयर राम्रो विकल्प हो । यसले एन्ड्रोइडका एक भन्दा धेरै एप एकै पटक डेस्कटपमा प्रयोग गर्ने सुविधा दिन्छ ।

यसबाट एउटा एपमा गेम खेल्दै अर्को एप प्रयोग गरिरहने सुविधा पनि पाइन्छ । नोक्सप्लेयरमा एकै पटक एक भन्दा बढी गेम पनि खेल्न सकिन्छ ।

३. एन्ड्रोइड स्टुडियो

एन्ड्रोइड स्टुडियो माथिका अन्य दुई इमुलेटर भन्दा बढी फास्ट हुने प्रयोगकर्ताको अनुभव छ । यो खासगरी गुगलले आफ्नो डेभलपरको लागि उपलब्ध गराउने गरी तयार पारे पनि जोकोहीले यसको प्रयोग गर्न सक्छन् ।

यसको उद्देश्य डेस्कटपमा गेम खेल्न सुविधा दिने भने होइन । त्यसकारण एन्ड्रोइड गेम डेस्कटपमा खेल्नको लागि यो सबैभन्दा राम्रो विकल्प भने नहुन सक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१