close

अध्ययन भन्छ, फेसबुक एड टुलले एक जना प्रयोगकर्तालाई पनि लक्षित गर्न सक्छ

टेकपाना टेकपाना

असोज ३०, २०७८ १६:३६

अध्ययन भन्छ, फेसबुक एड टुलले एक जना प्रयोगकर्तालाई पनि लक्षित गर्न सक्छ

काठमाडौं । स्पेन र अष्ट्रेलियाका कम्प्युटर साइन्सका शिक्षाविद्हरुको समूहले गरेको एक अध्ययनले फेसबुकको विज्ञपान गर्ने टुल ‘फेसबुक एड म्यानेजर टुल’ ले एउटा प्रयोगकर्तालाई पनि लक्षित गर्ने देखाएको छ ।

अध्ययनका अनुसार फेसबुकले कुनै एक व्यक्तिलाई पनि लक्षित गरेर विज्ञापन गर्नसक्ने देखाएको हो । अध्ययनको क्रममा फेसबुकले एड म्यानेजर टुलमार्फत त्यसरी निश्चित व्यक्तिलाई मात्रै लक्षित गरेर विज्ञापन गरेको पाइएको हो ।

यसले फेसबुक एड टार्गेटिङ टुलमा प्रश्न खडा गरेको छ । किनभने यसले फेसबुकले हरेक व्यक्तिको सम्पूर्ण जानकारी अध्ययन गरिरहेको र त्यसबाट पनि आफूलाई फाइदा पुग्ने ठाउँमा प्रयोग गरिरहेको देखाएको छ ।

उक्त अध्ययन प्रतिवेदन सार्वजनिक भएसँगै धेरैले यो कानूनविपरित भएको बताएका छन् । यसरी एउटा व्यक्ति विशेष विज्ञापन कुनै पनि देशमा मान्य नहुने र यो गैरकानूनी भएको दावी अनुसन्धाननकर्मीकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२