close

ह्वाट्सएपमा आफैंलाई कसरी म्यासेज गर्ने ?

टेकपाना टेकपाना

कात्तिक १, २०७८ १८:३०

ह्वाट्सएपमा आफैंलाई कसरी म्यासेज गर्ने ?

काठमाडौं । दिमागमा धेरै कुरा चलिरहँदा कहिलेकाहिँ केही कुरा भुल्नु सामान्य हो । तर कहिलेकाहिँ यही भुल्ने बानीले कतिपय महत्वपूर्ण कुरा छुटिरहेको पनि हुनसक्छ ।

कति जनाले त यस्ता नोटहरू राख्नका लागि अरुलाई च्याटबक्समा पनि राख्ने गरेका हुन्छन् । विशेषगरी डेस्कटपमा काम गरिरहँदा कहिलेकाहिँ महत्त्वपूर्ण जानकारी मोबाइलमा सार्नुपर्ने हुन्छ, अथवा कुनै कुरा नोट गर्न भुलिन्छ ।

यही कुरालाई मध्यनजर गर्दै ह्वाट्सएपमा ‘सेल्फ च्याट’ अर्थात आफैंलाई म्यासेज पठाउने फिचर पनि उपलब्ध गराइएको छ । कुनै डकुमेन्ट, नोटहरू अथवा केही वेबसाइट लिङ्कहरू छिटो सेभ गर्नुपरेमा यो फिचर निकै नै उपयोगी हुन्छ ।

यो फिचर मोबाइल र डेस्कटप दुवैमा प्रयोग गर्न सकिन्छ । यसले गर्दा डेस्कटपका नोट मोबाइलमा सार्न सजिलो हुन्छ ।

-मोबाइल, डेस्कटप अथवा ल्यापटपमा ब्राउजर खोल्नुहोस् ।

-एड्रेस बारमा गएर wa.me// टाइप गरेर आफ्नो फोन नम्बर देशको कोड (977) सहित लेख्नुहोस् । (उदाहरणको लागि  wa.me//97798510XXXXX)

– स्क्रिनमा ह्वाट्सएपको विन्डो खुल्छ, जहाँ ‘च्याट अन ह्वाट्सएप’ भन्दै ‘कन्टिन्यु टु च्याट’ भन्ने अप्सन देखिन्छ । त्यहाँ ‘कन्टिन्यु टु च्याट’ अप्सनमा क्लिक गर्नुहोस् ।

-यसपछि तपाईंको नाम सहितको च्याटबक्स खुल्छ । त्यहाँ गएर आफ्ना नोटहरू अथवा फोटो भिडिओ आफैंलाई शेयर गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२