काठमाडौं । आज ह्वाट्सएपका धेरै प्रयोगकर्ताको अकाउन्ट ब्लक भएको छ । यो सूचिमा तपाईं पनि पर्नुभएको छ कि ? लामो समयको अनिश्चिततापछि ह्वाट्सएपले ‘डी–डे‘ सुरु गरेकाे छ ।
योसँगै लाखौं ह्वाट्सएप प्रयोगकर्ताले आजबाट सपोर्ट पाउने छैनन् । जसको असर तपाईंको मोबाइलमा ह्वाट्सएपले काम गरिरहेको नहुन सक्छ ।
यदि पुरानो अपरेटिङ सिस्टममा आधारित फोन चलाउँदै हुुनुहुन्छ भने तपाईंले याे समस्या भाेग्नहुनेछ । पुराना अपरेटिङ सिस्टममा चल्ने फाेनमा सपोर्ट प्रदान गर्न ठूलो जनशक्ति चाहिएकाे र धेरै सुरक्षा कमजोरी रहेकाले प्रयोगकर्ता साइबर हमलाको शिकार बन्नसक्ने सम्भावना छ ।
यसकारण कम्पनीले समय-समयमा पुराना भर्सनका फोनमा सपोर्ट बन्द गर्दै आएको छ । यदि तपाईं पनि यसबाट प्रभावित हुनुभएको छ भने तपाईंको फाेनमा ह्वाट्सएपले माग गरेको फिचर उपलब्ध छैन भन्ने हो ।
यदि ओएस अपडेट गर्ने विकल्प छ भने तपाईंले ओएस अपडेट गरी ह्वाट्सएप प्रयोग गर्न सक्नुहुनेछ ।
यदि ओएस अपडेटको विकल्प छैन भने नयाँ स्मार्टफोन किन्नुको विकल्प छैन । कम्पनीका अनुसार सोमबारदेखि एन्ड्रोइड ओएस ४.१ देखि माथिका डिभाइसमा मात्रै अब ह्वाट्सएप चल्नेछ ।
यस्ता छन् ह्वाट्सएप नचल्ने डिभाइस
Apple: iPhone 6, iPhone 6s plus, iPhone SE
LG: Lucid 2, Optimus F7, Optimus F5, Optimus L3 II, Dual Optimus L5, Best L5 II, Optimus L5, Dual Best L3 II, Optimus L7, Optimus L7, Dual Best L7 II, Optimus F6, Enact Optimus F3, Best L4 II, Best L2 II, Optimus Nitro HD, Optimus 4X HD and Optimus F3Q.
Huawei: Ascend G740, Ascend Mate, Ascend D Quad XL, Ascend D1 Quad XL, Ascend P1 S, and Ascend D2.