ट्रेन्डिङ:
घट्यो कनेक्ट आईपीएसको कारोबार शुल्क विद्यार्थीका लागि माइक्रोसफ्टले इम्याजिन कप गर्दै, यसरी हुनुहोस् सहभागी अब एउटा मोबाइल नम्बर र नागरिकताबाट एकपटक मात्रै लाइसेन्स फर्म भर्न मिल्ने एपबाट पैसा कमाउनेमा टिकटक सबैभन्दा अघि मोबाइल फोटोग्राफीका विशेष फिचर सहित भिभो ट्वान्टी नेपाली बजारमा लञ्च हुँदै बीवाईडीको ‘फिस्कल इयर इन्ड अफर’; सडक करमा छुट दिदैँ कम्पनी  यो कस्तो नीति ? सरकारलाई कर तिरेर आईफोन ल्याउन नपाइने, तर तस्करी गर्न चाहिँ पाइने यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण ‘ओप्पो ए ट्वेल्भ’ को मूल्य घट्यो, यस्तो छ अन्य फोनको पछिल्लो मूल्य सूची जूम निःशूल्क प्रयोग गर्नेलाई पनि इण्ड टु इण्ड इन्क्रिप्सन
close

घट्यो कनेक्ट आईपीएसको कारोबार शुल्क

टेकपाना टेकपाना

मंसिर १४, २०७८

घट्यो कनेक्ट आईपीएसको कारोबार शुल्क

काठमाडौं । नेसनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ्ग हाउसले गत मंसिर ७ गतेदेखि लागू हुने गरी कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ ।

नयाँ कारोबार शुल्कअनुरुप बैंक/वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायकका ग्राहकले अब कारोबार रकमबमोजिम दुईदेखि आठ रुपैयाँसम्मको प्रतिकारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् ।

रु. ५०० सम्मको भुक्तानीमा प्रतिकारोबार शुल्क दुई रुपैयाँ, रु. ५०० भन्दामाथि रु. ५,००० सम्म प्रतिकारोबार शुल्क चार रूपैयाँ र रु. ५,००० भन्दामाथिको भुक्तानी रकममा कारोबार शुल्क आठ रुपैयाँ लागू हुने भएको छ ।

यसले ग्राहकलाई एनसीएचएलका कनेक्टआईपीएस वेब/मोबाइल एप, बैंक/वित्तीय संस्थाका मोबाइल/इन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोड/विथड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ ।

कनेक्ट आईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क दुईदेखि पाँच रुपैयाँ कायम रहेको छ ।

नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवर्द्धनका निम्ति एनसीएचएलले समय–समयमा यथोचित रुपमा कारोबार शुल्क परिवर्तन गर्ने गरेको छ ।

हालै नेपाल राष्ट्र बैंकबाट बैंक/वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा कारोबर शुल्क रु १० देखि अधिकतम रु ३० सम्म तोकिएको थियो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्ट आईपीएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धि भएको छ ।

त्यसैगरी उक्त प्रणालीमा हाल दैनिक औषत कारोबार संख्या ११७,०१२ तथा रकमको आधारमा दैनिक औसत रु ८.३ अर्ब बराबरको रहेको छ । कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलहरु मार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने विश्वास गरिएकाे छ ।